केही समययता बाँकेमा अवैध आयात बढ्यो

सदरलाइन संवाददाता ११ श्रावण २०८०, बिहीबार १३:५७
 

नेपालगञ्ज : पछिल्लो केही समययता आएर बाँकेमा सीमापारिबाट हुने तस्करी हवात्तै बढेको छ । प्रहरीले मुख्य नाकामा अत्याधिक कडाइ गरेपनि भारतबाट अवैध रुपमा मालसामान भित्रिने क्रम झन् बढेको हो ।

नेपाल भारत नाकाबाट लाखौंका मालसामान राजस्व छलेर नेपाल सशस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा राजस्व छलेर नेपाल भित्रिएका सामान बरामद गर्न थालेपछि तस्करी निकै बढेको पुष्टि भएको छ ।

भारतबाट राजस्व छलेर अवैध रुपमा नेपाल भित्रिएका ४२ लाखको मोबाइल पार्टस् र एक हजार बढी प्रतिबन्धित चल्लालाई सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँकेबाट खटिएको टोलीले कोहलपुरबाट एकै दिन नियन्त्रणमा लिएपछि तस्करी ठुलो परिमाणमा भइरहेको पाइएको हो ।


सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँकेका प्रमुख एसपी रमेश विक्रम शाहीले नाकामा निकै कडाइ गरिए पनि कसरी यति धेरै सामान कोहलपुरसम्म पुग्छ सो बारेमा अनुसन्धान भइरहेको बताए । उनले प्रहरीको सक्रियता बढेकै कारण धेरै सामान बरामद गर्न सफल भएको जनाउँदै तस्करी नियन्त्रण गर्न अझै बढी सक्रियता बढाइने बताए ।

साउन १ गतेबाट भारतबाट ल्याइने सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार राजस्व लिन थालिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले सो नियम राम्रो भएकोले कडाइका साथ लागु गर्नुपर्ने माग गर्दै तस्करी र अवैध आयात पनि कडाइका साथ रोक्नुपर्ने बताए । उनले सीमापारिबाट हुने तस्करीले गर्दा नेपालगञ्जको व्यापार व्यवसाय प्रभावित हुने जनाउँदै तस्करी नियन्त्रण आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुल नबन्दा आवतजावतमा सास्ती

११ श्रावण २०८०, बिहीबार १३:५७
बर्दिया : बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ । पुल बाढीले बगाएपछि आवतजावत गर्न जोखिम पूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । बाढीले क्षतिग्रस्त बनाएको छ वर्ष बितिसक्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौंदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका–११ का रामगोपाल […]