अविरल वर्षातका कारण देउखुरीको अधिकांश भाग डुबानमा

सदरलाइन संवाददाता ९ श्रावण २०८०, मंगलवार १४:१६
 

दाङ : सोमवार रातिदेखि परेको वर्षातका कारण देउखुरीको अधिकांश भाग डुबानमा परेको छ । देउखुरीको गढवा, राप्ती राजपुर र लमहीका धेरै भाग डुबानमा परे पनि हालसम्म मानवीय क्षति भने भएको छैन । राजपुर गाउँपालिका –५ को चंगुवा–भुर्किवा गाउँका ११ वटा घर डुबानमा परेका छन् । डुबान भएका घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

लमही नगरपालिका–१, २ र ३ को क्षेत्रमा डुबानमा परे पनि विस्तृत विवरण आउन सकेको छैन । सशस्त्र प्रहरी बल नेपाल अर्जुन खोला रिर्जव गणका एसपी पुरन भट्टका अनुसार डुबान परेको क्षेत्रमा उद्धारका लागि जनशक्ति परिचालन गरिएको छ ।


त्यस्तै, गढवा गाउँपालिका–५ को धरमपुरस्थित भर्खरै सम्पन्न भएको पुल वरपर पटान गरेको माटो खोलाले बगाउँदा पुल नै जोखिममा परेको छ । सोही गाउँपालिकाको वडा नम्बर २ र ३ सीमानामा पर्ने सुपैला खोलाले बाटो कटान गर्दा आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर आयुर्वेद औषधालयप्रति आकर्षण बढ्दै

९ श्रावण २०८०, मंगलवार १४:१६
कोहलपुर (बाँके) : कोहलपुर वडा नं. ११ मा निवासी रमेश प्रसाद श्रेष्ठ नसा सम्बन्धी रोगबाट पीडित हुनुहुन्छ । लामो समयदेखि नसाको समस्याले सताएपछि नेपाल मात्र नभई भारतमा विभिन्न अस्पतालसम्म धाए । जुन हस्पिटलमा उपचार गराउँदापनि निको नभएपछि उनी कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको आयुर्वेद औषधालयमा पुगे । आयुर्वेद […]