धनगढी : जिल्ला कारागार कैलालीमा चोरी मुद्दामा सजाय काटिरहेका एक कैदीको मृत्यु भएको छ ।
कैलाली कारागारमा कैद भुक्तान गरिरहेका बैतडीस्थित दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले जानकारी दिएका छन् ।
लामो समयवेखि क्षयरोगबाट ग्रसित रहेका विष्टको सोमवार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रवक्ता चन्दले बताए ।