बर्दिया : बर्दिया मधुवन नगरपालिका—९ गाउँ नम्बर १२ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार शंकास्पद रुपमा हिँडिरहेका ती युवाको प्रहरीले खानतलासी गर्दा ४० मिलीग्राम लागूऔषध फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराले लागूऔषध ब्राउन सुगरसहित पक्राउ पर्नेमा मधुवन—९ १२ नम्बर गाउँका २२ वर्षीय समीर गुरुङ र सोही पालिका—८ गाउँ नम्बर ६ का २९ वर्षीय जीवन खत्री रहेका छन् । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।