२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

युवतीलाई बलात्कारको अभियोगमा किशोर पक्राउ



दाङ : तुलसीपुरमा १९ बर्षीया किशोरीलाई बलात्कार अभियोगमा तुलसीपुरकै १६ बर्षीय एक किशोर पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.३ घर भइ हाल जिल्लाको बबई गाउँपालिका – ६ स्थित मामा घरमा बस्दै आएका १६ बर्षीय किशोरलाई प्रहरीले मंगलबार बेलुका पक्राउ गरेको छ ।

तुलसीपुर – ६ की एक १९ बर्षीया युवतीले मंगलबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर आँफुलाई ती किशोरले बलात्कार गरेको उजुरी दिएपछि मंगलबार नै प्रहरीले ती किशोरलाई पक्राउ गरेको थियो ।

प्रहरीले ती किशोरलाई तुलसीपुर – ३ स्थित घरबाट पक्राउ गरेको इप्रका तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिएका छन् ।

पीडित युवतीले ती किशोरले आँफुलाई ललाइ फकाइ बैशाख १६ गते बाँकेको नेपालगंज लगेको र सोही दिन राति ९ बजेतिर तुलसीपुर – ३ स्थित आफ्नो खाली घरमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन ।

पीडितको अवस्था सामान्य रहेको तथा उनको स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान हुन् बाँकी रहेको पनि प्रहरीले बताएको छ । प्रहरीका अनुसार जाहेरी दिने युवति दलित समुदायकी हुन भने पक्राउ परेका किशोर गैर दलित हुन् ।

प्रकाशित मिति : २०८० वैशाख २० गते बुधबार
ताजा समाचार