४ करोड बढीको सुनको गहनासहित बाँकेमा दुई जना पक्राउ

सदरलाइन संवाददाता ७ बैशाख २०८०, बिहीबार १६:२२
 

नेपालगञ्ज : नेपालगञ्जको न्युरोडबाट करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत सुनका गहनासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । सुनका विभिन्न गहनासहित पक्राउ पर्नेमा विराटनगरका महानगरपालिका वडा नं. ९ का ४२ बर्षीय रमेश सोनी र सोही ठाउँका ३६ बर्षीय प्रकाश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिका साथबाट सुनका सिक्री, चुरा, झुम्का, हार, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना बरामद गरेको एसपी राठोरले पत्रकार सम्मेलन गरि जानकारी गराए ।


साथै उनिहरुको साथमा इस्तमेट बिलको ठेली थान १, डिजिटल तराजु थान १, विभिन्न मितिमा विभिन्न स्थानमा विक्रि गरेको इस्टमेट विलहरु थन १४, एनआइसी एसिया बैंकमा ७ लाख ३३ हजार ४ सय जम्मा गरेको भौचर थान १, प्रकाश ठाकुरको नाममा ३ लाख ८६ हजार ४ सय काटेको एनएमबी बैंकको चेक थान १ र विभिन्न दरको नोट गरि नगद ३५ हजार बरामद गरिएको एसपी राठोरले बताए ।

गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा बुधवार राती गहनासहित सोनी र ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट सुन कहाँबाट आएको र कहाँ लैजादै गरेको भन्नेबारे अनुुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनको जम्मा मुल्य ४ करोड ६९ लाख ५ हजार ७ सय ६३ रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा पौडी पोखरीको निर्माण कार्य अन्तिम चरणमा

७ बैशाख २०८०, बिहीबार १६:२२
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणा अन्तिम चरणमा रहेको छ । वडा नम्बर ४ मा रहेको खजुरा मिनिपार्क एण्ड रिसोर्ट उद्यानले जिल्लामा दोस्रो अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरी सञ्चालनमा ल्याउन लागेको हो । उद्यानका सञ्चालक टेक श्रेष्ठका अनुसार ‘स्वास्थ्य र सुरक्षको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका […]