नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ रामलिला मैदानमा काल्पनिक आगलागी तथा उद्धार प्रतिकार्य सम्बन्धि संयुक्त रुपमा अभ्यास सम्पन्न भएको छ ।
जिल्ला बिपद् ब्यवस्थापन समिति बाँकेले आयोजना गरेको उक्त अभ्यासमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानिय तहका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटि बाँकेका पदाधिकारी, मिडियाकर्मी लगायतको उपस्थित र सहकार्यमा सम्पन्न भएको थियो ।