विद्युत् महसुल नबुझाएरै सञ्चालित दाङका दुई सिमेन्ट उद्योग

सदरलाइन संवाददाता २१ माघ २०७९, शनिबार १३:४४
 

दाङ : दाङका दुई सिमेन्ट उद्योगले लामो समयदेखि विद्युत् महसुल बुझाएका छैनन् । घोराही सिमेन्ट उद्योग र सोनापुर सिमेन्ट उद्योगले विद्युत् महसुल नै नबुझाई उद्योग चलाइरहेका छन् ।

घोराही सिमेन्ट उद्योगले १९ महिनाको १ अर्ब २८ करोड ६८ लाख १२ हजार ६१३ रुपैयाँ ५२ पैसा विद्युत् महसुल तिर्न बाँकी छ । यस्तै सोनापुर सिमेन्ट उद्योगले २४ महिनाको ७१ करोड ५७ लाख ६३ हजार ९५३ रुपैयाँ ४५ पैसा तिर्न बाँकी रहेको छ ।

विद्युत् महसुल बुझाउन नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले पटक पटक ताकेता नगरेको पनि होइन । तर उद्योगहरूले त्यसलाई बेवास्ता गरिरहेका छन् । यी दुई सिमेन्ट उद्योग प्रतिनिधि पात्र मात्रै हुन् । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका अनुसार साना–ठूला उद्योगहरूबाट २ अर्ब १४ करोड, ४८ लाख ४५ हजार ३ सय ७५ रुपैयाँ ९९ पैसा विद्युत् महसुल उठाउन बाँकी छ ।


नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख मिथिलेसकुमार गोइवारका अनुसार बक्यौता बाँकी रहेका उद्योग र उपभोक्ताहरूलाई लगातार पत्राचार गर्दासम्म पनि तिर्न आएका छैनन् । उपभोक्ताले विद्युत् महसुल नतिर्दा प्राधिकरणले आर्थिक व्यय भार खेप्नु परिरहेको उहाँको भनाइ छ ।

सामान्य उपभोक्ताको हकमा विद्युत् महसुल समयमा नतिरे विद्युत् वितरण केन्द्रले विद्युत् सेवा बन्द गरिदिन्छ । तर यता सिमेन्ट उद्योग भने तिर्नुपर्ने महसुल नै नबुझाई उद्योग सञ्चालन गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडा बाल क्लवस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२१ माघ २०७९, शनिबार १३:४४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा बाल क्लबका बालबालिकाबिच वक्तृत्वकला प्रतियोगिता सम्मपन्न भएको छ । शान्ति, समृद्धि र विकासका लागि स्वच्छ तथा हरित नेपालको आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ को सहकार्यमा बालबालिकाको अधिकार र उनीहरुको कर्तव्यका विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । बालबालिकाको अधिकार र […]