व्यवसायी आचार्य प्रति श्रद्धाञ्जली ब्यक्तगर्न विहीबार आधादिन पसल बन्द गरी शोक सभा गरिने

सदरलाइन संवाददाता ११ माघ २०७९, बुधबार १९:३९
 

नेपालगञ्ज :  काठमाण्डौमा व्यावसायी प्रेमप्रसाद आचार्यले संघीय संसद अगाडि आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधनको विषयमा शोक जनाउन नेपालगञ्ज उद्योग बाणिज्य संघले बिहीबार आधादिन आ–आफ्नो व्यवसाय पशल, कारखमान बन्द गर्न आव्हान गरेको छ ।

संघले बुधबार साँझ आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यावसायलाई नै धरासायी हुने गरी ल्याईएको अव्यवहारिक नीतिका कारण व्यवसायीले आत्मदाह गर्ने अवस्था आएकोले सरकारको ध्यानाकर्षण गर्न र स्व. आचार्यप्रति श्रद्धाञ्जली ब्यक्त गर्नको लागि बिहीबार आधादिन व्यवसाय बन्द गरी नेपालगञ्जको धम्बोझी चोकमा शोकसभाको आयोजना गरिने जानकारी दिए ।


उनले स्व. आचार्यले उठान गरेका विषयहरु राज्यको अव्वहारिक नीतिका कारण अझै पनि अकल्पनिय घटना हुनसक्ने चेतावनी दिदै नीजि क्षेत्रलाई प्रताडित बनाउने नीतिमा सुधार ल्याउन माग गरे । सो अवसरमा संघका महासचिव चिरञ्जिवी ओली, कोषाध्यक्ष हरिलाल न्यौपाने प्रवक्ता टंक धामी, सदस्य भिमबहादुर रानाभाटलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहायकस्तर कर्मचारीका लागि ३५ दिने सेवाकालिन तालिम

११ माघ २०७९, बुधबार १९:३९
नेपालगञ्ज : सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने तालिम प्रदान गरेको छ । बिहीवारएक कार्यक्रमका विच तालिमको समापन गर्दै लुम्विनी प्रदेशका कानून सचिव राजेन्द्र थापाले कर्मचारीहरुका […]