घोराही उपमहानगरको निर्माणाधिन भवन अलपत्र

सदरलाइन संवाददाता १२ आश्विन २०७९, बुधबार १४:४१
 

नेपालगञ्ज : घोराही उपमहानगरपालिकाको निर्माणाधीन नयाँ भवन एकदेखि वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीले काम अघि नबढाएपछि उपमहानगरको भवन निर्माणमा ढिलाइ भएको हो ।

२० करोड लागतमा निर्माण हुन लागेको पाँच तले भवन दुई वर्षभित्रै सम्पन्न गर्ने गरी २०७८ वैशाख ६ गते सम्झौता भएको थियो । गौरी–पार्वती÷भुसाल बस्नेत जेभीले निर्माणको जिम्मा लिएको उक्त भवन वर्षदिन बित्दा जग हाल्ने काम मात्र भएको छ ।

नयाँ भवन घोराही उपमहानगरपालिकाको परिसरम भित्रै निर्माण भइरहेको छ । उपमहानगरको नयाँ भवन अन्डरग्राउण्ड पार्किङ र लिफ्ट सहित सुविधासम्पन्न हुनेछ । तर निर्माण व्यवसायीको लापरवाहीका कारण भवन निर्माण कार्यमा ढिलाइ भइरहेको उपमहानगरपालिकाका अधिकारीहरुले बताए ।

घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखा प्रमुख इञ्जिनियर युवराज पौडेलले उपमहानगरको भवन निर्माणका लागि ताकेता गरिरहे पनि निर्माण व्यवसायीले काम नगरेको बताए ।


ठेक्का सम्झौता अनुसार भवन निर्माण २०८० बैशाख ३१ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । त्यसअनुसार भवन निर्माणको म्याद सकिन अब सात महिनामात्र बाँकी छ ।

तर भवन निर्माणको काम कछुवाको गतिमा हुँदा भौतिक प्रगति १० प्रतिशत पनि हुन सकेको छैन । कम्पनीले भने हालसम्म ४ करोड भुक्तानी समेत लिइसकेको छ ।

‘हामीले काम सुरु गर्न भनेर पटक–पटक पत्र काटेका छौं’ इञ्जिनियर पौडेलले भने, ‘तर ठेकेदारले विभिन्न बहाना बनाएर काम गरिरहेको छैन ।’ उनका अनुसार घोराही उपमहानगरपालिकाले ठेकेदार कम्पनीलाई छिटो काम गर्न निर्देशन गरे पनि अटेर गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महेन्द्र पुस्तकालयमा पाँच जना पदेन सदस्य मनोनित

१२ आश्विन २०७९, बुधबार १४:४१
नेपालगञ्ज : नेपालगञ्जस्थित ऐतिहासिक महेन्द्र पुस्तकालयको नवनिर्वाचित कार्यसमितिले पाँच जना पदेन सदस्यहरु मनोनित गरेको छ । कार्यसमितिको तेस्रो बैठकले पाँच जना आमन्त्रित पदेन सदस्यहरु कार्यसमितिले चयन गर्ने विधानको व्यवस्था अनुसार मनोनित गरिएको सचिव मणि अर्यालले जानकारी दिए । मनोनयन गरिएका पदेन सदस्यहरुमा शिक्षित महिलातर्फ ललिता उपाध्याय, नजिकका विद्यालयका शिक्षकमा मंगलप्रसाद […]