नेपालगञ्ज : कृषकलाई कृषिकर्ममा विभिन्न तरिकाले सुचना दिदै टेवा पुराउदै आएको जियो कृषिले बाँके र बर्दियाका किसानका लागि एकदिने अन्तरक्रिया सम्पन्न गरेको छ ।
जियो कृषिका कार्यकारी निर्देशक राजनमान शाक्यले किसानको सूचनाको हकको सुनिश्चित गर्दै जानकारी गारउने उद्देश्यले बाँकेका कृषक, सहकारी, पालिका, बजार, संघसंस्था र ज्ञानकेन्द्रको सहभागितामा सो कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए ।
उनले कृषकले प्रविधिमा आएको चमत्कारिक परिवर्तनको उपलब्धि स्वरुप डिजिटल कृषि सेवाको पहुच पुराउनको लागि भएका प्रयासको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
उनले जियो कृषिका माध्यामबाट कृषकले पाउने डिजिटल प्रबिधिको सूचनाले विभिन्न कारणबाट हुन सक्ने नोक्सानीबाट जोगिने र बिक्रि तथा मुनाफा आर्जन गर्न सक्ने भएकोले यसको प्रभावकारिता बारे जानकारी गराउनको लागि पनि कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे ।
जियो कृषिका माध्यामबाट कृषकले बजार मुल्य, मौषमी जानकारी, असल कृषि अभ्यास, पशुपालन, मलखाद, हिसाव किताब, बिज्ञको सुझाव र आफ्नो ठाउ अनुसारको सल्लाह वा जानकारी पाउन सक्ने व्यवस्था मिलाईएको छ । करिव ४० हजार कृषकले जियो कृषिले उपलब्ध गराउदै आएको डिजिटल सूचना पाएर लाभान्वित हुदै आएका छन ।
कार्यक्रममा जियो कृषिका निर्देशक सुरज श्रेष्ठ, प्राविधिक निर्देशक बिकास डंगोल, कृषि कार्यक्रम अधिकृत बिक्रम आचार्य, मेनसुरा भट्टराई, बाँके बर्दियाका अगुवा कृषक लगायतको सहभागिता रहेको थियो ।