सुदूरपश्चिम सरकारले खेलाडीलाई दैनिक २ हजार भत्ता दिने

सदरलाइन संवाददाता २४ भाद्र २०७९, शुक्रबार १४:२१
 

नेपालगञ्ज : सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दैनिक २ हजारका दरले भत्ता दिने भएको छ ।

प्रदेश सरकारको बजेटबाट परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणदेखि खेल सकिएको भोलिपल्टसम्म दैनिक २ हजारका दरले भत्ता दिने बताएको हो ।

प्रतियोगितामा सुदूरपश्चिमबाट ७ सय बढी खेलाडी सहभागी हुने परिषद्ले बताएको छ । खण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिमले भाग लिदैछ । सुदूरपश्चिम प्रदेशमा खेलाडी छनोटका लागि एक हजार २ सय ८३ पुरूष र ८ सय ७८ महिलालाई बन्द प्रशिक्षणमा बोलाइएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिँहले बताए ।


यी मध्येबाट ७०९ जना खेलाडी गण्डकी जान छनोट हुने छन् । जसमध्ये एक सय ९४ जना खेलाडीले छनोट खेल्नु नपर्ने, सोझै छनोट हुने भएका छन् । असोज २८ देखि कात्तिक ३ सम्म नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सवमा सहभागी हुन चाहने खेलाडीबाट आवेदन लिइएको थियो ।

आवेदन दिएकामध्येबाट विभिन्न खेलका लागि आवश्यक संख्यामा खेलाडी छनोटको काम आगामी सातादेखि हुनेछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट अन्तर्राष्ट्रिय र स्थानीय रेफ्री तथा निर्णायक गरी ४७२ जना खेल पदाधिकारी सहभागी हुनेछन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट १ हजार ४ सय ८१ जनाको टोली गण्डकी जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हैसियतभन्दा बढी सीट खोज्दा सहमति जुट्न सकेन : गिरी

२४ भाद्र २०७९, शुक्रबार १४:२१
नेपालगञ्ज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले गठबन्धनमा आवद्ध अन्य दलहरुले आफ्नो हैसियत भन्दा बढी सिट खोज्दा सहमति जुट्न नसकेको बताएका छन् । नेपाली कांग्रेस बाँकेले शुक्रवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको १०९औं वीपी जयन्ती तथा ’जनताको साथमा कांग्रेस’ अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस जिम्मेवार दल भएकाले […]