बाँकेमा ८७ मात्र प्रतिशत रोपाई

सदरलाइन संवाददाता २९ श्रावण २०७९, आईतवार १३:३५
 

नेपालगञ्ज : बाँकेमा ८७ प्रतिशत रोपाई भएको छ । विगतमा बाँकेको कर्णाली उपमा पाएको नरैनापुर गाउँपालिकामा भने १५ प्रतिशत मात्र रोपाई भएको छ ।

नरैनापुर गाउँपालिकाको कृषि शाखाका नायब प्राविधिक सहायक सदन भण्डारीले गाउँपालिकामा बढीमा १५ प्रतिशत किसानले मात्र रोपाई गरेको बताए । गाउँपालिकाको धान खेती हुने क्षेत्रफल झन्डै ४ हजार २ सय हेक्टर छ ।


कृषिज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईका अनुसार जिल्लामा ८७ प्रतिशत मात्र रोपाई भएको छ । सबैभन्दा धेरै रोपाई राप्तीसोनारी गाउँपालिकामा शतप्रतिशत भएको छ ।

बैजनाथ गाउँपालिकामा ९९ प्रतिशत, डुडुुुवा गाउँपालिकामा ९८ प्रतिशत, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा ९७ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा ९६ प्रतिशत रोपाई भएको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा लागुऔषधसहित ३ जना पक्राउ

२९ श्रावण २०७९, आईतवार १३:३५
सुर्खेत : प्रहरीले लागुऔषधसहित सुर्खेतमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्लाको वीरेन्द्रनगर–६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर–९ की १८ वर्षीया मनिषा घिमिरे पक्राउ परेका हुन् । लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले […]