यसवर्ष बाँकेबाट जडीबुटीको निर्यात घट्यो

यदुराज मिश्र १२ श्रावण २०७९, बिहीबार १३:१५
 

नेपालगञ्ज : नेपाल जडीबुटी संघ बाँकेले गत वर्ष ५ हजार टन जडीबुटी निर्यात गरेकोमा यस वर्ष भने २ हजार टन मात्र जडीबुटी निर्यात गरेको छ । नेपालका विभिन्न जिल्लामा खेति गरिएका र जंगलबाट संकलन गरिएका ३० प्रकारका जडीबुटी बाँकेमा आउने गर्छन् ।

सरकारले जडीबुटीप्रति ध्यान नदिएको र सहजिकरण नगर्दा व्यापकरुपमा खेति हुन नसकेको जडीबुटी संघका अध्यक्ष टंकप्रसाद शर्माले बताए । सरकारले जडीबुटी खेतितर्फ ध्यान दिने हो भने लक्षित वर्गका किसानले रोजगारी पनि पाउने र जडीबुटी पनि आफ्नै देशमा उत्पादन गर्न सकिने उनको भनाई छ ।

जडीबुटी कम उत्पादन हुनु, भारतीय कस्टममा निर्यातमा समस्या, भारतको क्वारेनटाइनमा नेपालका जडिबुटी सुचिकृत नहुनुका कारण निर्यातमा कमि आएको उनले बताए । अहिले पनि २ हजार टन जति जडीबुटी संघमा थन्किएको छ ।


नेपालको प्लान क्वारेन्टाइनले भारतको प्लान क्वारेन्टाइनसँग समन्य गरेर नेपालका जडीबुटी भारतको क्वारेन्टाइनमा सुचिकृत गराउन सके निर्यातमा समस्या नहुने उनले बताए । अध्यक्ष शर्माले सरकारले निर्यातमा कुनै पनि कदम नचालेको गुनासो गरे । धेरै समय स्टकमा राख्दा जडीबुटीको क्वालिटिमा ह्रास आउने, मुल्यमा घटबढ हुने गरेको उनले जिकिर गरे ।

यदि सरकारले ठोस कार्यक्रम ल्याउने हो भने तीन प्रकारको वातावरण भएको नेपालमा २० करोड बराबरको जडीबुटी उत्पादन गरेर छिमेकी देशहरुमा निर्यात गर्न सकिने उनले जानकारी दिए ।

यसवर्षबाट जडीबुटी व्यवसायीका लागि सरकारले बिमाको व्यवस्था गरेकोले त्यो राम्रो पक्ष भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छात्राबासलाई पूर्णता दिन मेयर विष्टको अग्रसरता

१२ श्रावण २०७९, बिहीबार १३:१५
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको अलपत्र अवस्थामा रहेको छात्राबासलाई पूर्णता दिनका लागि पहल गरेका छन् । मेयर विष्टको पहल र समन्वयमा भारतीय राजदुताबासका शाखा अधिकृत चन्द्रप्रकाश नेतृत्वको टोलीले बिहीवार अलपत्र अवस्थामा रहेको छात्राबास र क्याम्पसका जीर्ण भवनको स्थलगत अनुगमन गरि जानकारी लिएको छ । […]