गणतन्त्र दिवशमा नेपालगञ्ज कारागारका २१ कैदीको कैद सजय मिनाह

सदरलाइन संवाददाता १५ जेष्ठ २०७९, आईतवार ११:२२
 

नेपालगञ्ज  :  १५ औ गणतन्त्र दिवशको अवसर पारेर बाँकेको नेपालगञ्ज कारागारका २१ कैदीको कैद सजाय मिनाहा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको अवसर परेर नेपालगञ्ज कारागारमा रहेका २१ कैदीको सजाय मिनाहा गरिएको हो ।

नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकरका अनुसार, सजाय मिनाहाका लागि २५ जनाको नाम सिफारिस गरी पठाइएकोमा २१ जनाको कैद सजाय मिनाहा भएको छ । उनीहरुलाई आजै आइतबार कानुनी प्रक्रिया पुरा गरि रिहा गरिने तयारी गरिएको जेलर सोनकरले बताए ।


सरकारले विभिन्न दिवसको अवसर परेर आचरण सुध्रिएका, आधा भन्दा बढि सजाय कटिसकेका व्यक्तिको सजाय मिनाहा गर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्वजनिक सवालमा अदालतको फैसलालाई कार्यान्वयन गर्ने प्रतिबद्धता

१५ जेष्ठ २०७९, आईतवार ११:२२
नेपालगञ्ज : नेपालगञ्जमा उठेका सार्वजनिक सरोकारका सवाललाई कार्यान्वयन गर्न सरोकारवाला निकायले प्रतिबद्धता गरेका छन । सार्वजनिक सरोकारका सवालका विषयमा नागरिकस्तरबाट उठान गरि कार्यान्वयनका लागि उच्च अदालतबाट भएको आदेशलाई सम्वन्धित कार्यालयहरुलाई कार्यन्वयन गर्न दबाब दिइएको थियो । पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले आइतबार आयोजना गरेको अदालतको […]