श्रीलंकामा देशव्यापी संकटकाल घोषणा

एजेन्सी १९ चैत्र २०७८, शनिबार १६:४५
 

एजेन्सी : श्रीलंकामा राषट्रव्यापी संकटकाल घोषणा गरिएको छ । चरम विदेश मुद्रा अभावले महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि आजैदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको हो ।

श्रीलंकामा अभाव सिर्जना भएसँगै हिंसात्मक आन्दोलनसमेत सुरु भएका थिए । गत बिहीबारमात्रै राजधानी कोलम्बोस्थित राष्ट्रपति गोताबाया राजापाक्षको निवास नजिकै आन्दोलनकारीले प्रदर्शन गरेका थिए ।


शुक्रबार केही प्रदर्शनकारी पक्राउ परेका छन् । बीबीसीका अनुसार संकटकाल घोषणा भएसँगै हिंसात्मक प्रदर्शनमा संलग्नलाई वारेन्टविनै पक्राउ गर्न भनिएको छ ।

अहिले श्रीलंका ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ । इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आईतवार देखि सुरु हुने

१९ चैत्र २०७८, शनिबार १६:४५
नेपालगञ्ज : इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आईतवारदेखि सुरु हुने भएको छ । गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेण्डर अनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६:२० बजे सम्म निराहार बस्नुलाई […]