नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पचालझरना गाउँपालिका–१ कालिकोटकी ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई गएको माघ ९ गते कोहलपुर मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा कोभिड संक्रमण पुष्टि भएको थियो ।त्यसको भोलीपल्ट उनी भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकी थिइन् ।
उपचारका क्रममा स्वास्थ्यमा सुधार नआउँदा उनको बिहीवार विहान चार बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।
योसँगै कोरोनाबाट उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका ४ सय ४० जनाको मृत्यु भएको छ ।