समाचार सारांश
- लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले सामाजिक विकासमा गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
- भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेको २७औँ साधारणसभा तथा सामाजिक परीक्षण उद्घाटन गर्दै उनले संस्थाले स्थापनाकालदेखि समुदायमा उदाहरणीय काम गर्दै आएको बताए।
- साधारणसभामा उत्कृष्ट कर्मचारी तथा संस्थाको विकासमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको छ भने सामाजिक परीक्षणसँगै ११ जनाले रक्तदानसमेत गरेका छन्।

नेपालगञ्ज : लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेको २७ औं साधारणसभा तथा सामाजिक परीक्षणको नेपालगञ्जमा उद्घाटन गरे ।
उनले सामाजको विकासमा संघ संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउदै सामाजिक संघ संस्थाले समुदायलाई असल कार्यमा अघि बढ्न सहयोग गरिरहेको र हालसम्मको विकासित समाज निर्माण कार्यमा संस्था अग्रणी रहेको उल्लेख गरे ।
‘बी–ग्रुपले स्थापनाकालदेखि यो क्षेत्रमा उदाहरणीय कार्य गरिरहेको छ,’ मन्त्री खत्रीले भने, ‘आगामी दिनमा पनि यसैगरी नमुना कार्य गरिरहोस्, शुभकामना ।’ कार्यक्रममा ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिना कुमारी भट्टराईले ठाकुरबाबामा शैक्षिक क्षेत्रमा संस्थाले पुर्याउएको योगदानको प्रशंसा गरिन ।
यसका साथै उनले सामाजिक संस्थाले चालेको सामाजिक कार्यहरुमा नगरपालिकाले पनि हातेमालो गर्दै लक्षित समुदायमा धेरै कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिदै उनले संस्थालाई धन्यवाद दिर्र्ईन ।
केयर नेपालका प्रमुख प्रकाश सुवेदी, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजाल, जानकी वडा नम्बर २ को वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, आइडिई नेपालका कल्पना धिताल, गैसस बाँके अध्यक्ष मन भण्डारी, ईन्रूडेकका अध्यक्ष धर्मलाल रोकाय र बाँके र बर्दियामा संस्थाबाट परियोजना संचालन भएको स्थानीय तहका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी तथा संस्थाको विकासमा अहम भूमिका निर्वाह गरेकाहरुलाई सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष डा. ईन्द्र बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा पोषण परियोजनाका स्वास्थ्य अधिृकत सुजाता आचार्य, समुदायका लागि जलवायु उत्थानशिल परियोजनाका कार्यक्रम अधिकृत जनकराम चौधरी, सम्बद्र्धन परियोजनाका लेखा अधिकृत तारा वली, सिकाइ सुधार परियोजनाका शिक्षा प्राविधिक श्रोत व्यक्ति देवी लामा र प्रयास २ परियोजनाका फिल्ड सुपरभाईजर शान्ता बिकलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको छ ।
यस्तै परियोजना सफल बनाउन कार्यमा सहयोग पुर्याएका प्रयास २ परियोजनाका कार्यक्रम संयोजक खेमराज भण्डारी, सिकाइ सुधार परियोजनाका कार्यक्रम संयोजक लक्ष्मीप्रसाद शर्मा, प्रयास परियोजनाका लेखा अधिकृत टिकेश्वर चौधरी र विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलन परियोजनाका कार्यक्रम संयोजक भुवन कार्कीलाई सम्मान प्रदान गरिएको छ ।
साधारणसभा कै अवसरमा संस्थाको सामाजिक परीक्षणसमेत गरिएको छ । हरि सुवेदीले सामाजिक परीक्षणको सहजीकरण गरेका थिए । संस्थाको साधारणसभाको अवसरमा ११ जनाले रक्तदान गरेका छन् ।



