नेपालगञ्ज : मंगलवार देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदै छ । यस वर्षको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन ।
कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाइएको छ । अन्नको भण्डारका रुपमा चिनिने बाँके र बर्दियामा पनि समयमै बर्षा भएकाले किसानहरु अहिले धान रोपाइँमा व्यस्त छन् ।
समयमै बर्षा भएको र मलको अभाव झेल्न नपरेकाले यो बर्ष उत्पादन बढ्ने आशा किसानहरुको छ । असार १५ लाई दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।