सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन नेपाल भारत सीमा शिल हुँदा पनि अत्यावश्यक सामान बोकेका मालबाहक ट्रकको आवगमन भने सुचारु छ ।
भारतबाट अत्यावश्यक सामान बोकेर आएका यस्ता मालबाहक ट्रकलाई नेपाल प्रवेश अघि जमुनाह नाकामा सेनिटाईज गरेर मात्र प्रवेश गराउने गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाबाट सञ्चालित हेल्थ डेस्कले ट्रकमा आएका चालक सहचालकको तापक्रम लिने तथा उनीहरुको स्वास्थ्य जाँच गर्ने र ट्रक सेनिटाईज गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
उनले जमुनाहमा खटेको सशस्त्र प्रहरीको राजश्व सुरक्षा गस्तीको टोलीले उपमहानगरले उपलब्ध गराएको सेनिटाईजेशन गर्ने औषधि छरेर मात्र नेपाल प्रवेश गराउनुको साथै चालक सहचालकको स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेश गराउने व्यवस्था मिलाएको बताए ।
जमुनाह नाकाबाट दैनिक जसो खाद्यान्न, तरकारी, औषधि, खाना पकाउने ग्याँस, पेट्रोलियम पदार्थ, फलफुलबोकेर ट्रक नेपाल प्रवेश गर्ने गरेका छन ।