प्लानद्वारा सात लाख बढीको सहयोग

३० चैत्र २०७६, आईतवार १८:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : क्वारेन्टाइन निर्माणका लागि प्लान नेपाल फिल्ड कार्यालय बाँकेले सात लाख बढिको सामग्रीहरु सहयोग प्रदान गरेको छ । प्लानले सात लाख १७ हजार ३ सय ९१ बराबरको सहयोग सामग्री आइतवार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कामार्फत प्रदान गरेको हो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी खडकाले यो सामग्रीले क्वारेन्टाइनलाई व्यवस्थापन गर्न सहज हुने बताए । यस्तै नेपाल रेडक्रस सोसाईटी बाँके शाखा सभापति गोवर्धन सम्झनाले यस्तो बिपत्तीको समयमा सबैको सा–सानो सहयोगले महामारी जित्ने आधार बन्ने धारणा राखे । ब्लान्केट ४०० थान, पि–फम ४०० थान, झुल २४ थान, र त्रिपाल २५ थान हस्तान्तरण गरिएको हो ।

Next Post

घरमै बसेर नमाज पढ्न सांसद तथा पूर्वमन्त्री राईको आग्रह

३० चैत्र २०७६, आईतवार १८:३७
सदरलाइनडटकम, नेपालगञ्ज :  कोबिड–१९ नोल कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि सरकारद्वारा आव्हान गरिएको लकडाउनलाई पालन गर्नको लागि आग्रह गर्दै पूर्व मन्त्री तथा बाँके निर्बाचन क्षेत्र न.२ का संघिय सांसद मोहमद इस्तियाक राईले घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् । उनले आईतबार एक विज्ञप्ती जारी गर्दै कोरोना भाईरसको संक्रमणबाट जोगिनको […]