उच्च अदालत नेपालगञ्जद्वारा सहयोग

२८ चैत्र २०७६, शुक्रबार १४:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले नेपाल सरकारद्वारा स्थापना भएको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ ।
अदालतका बरिष्ठ न्यायाधीश पवनकुमार शर्मा न्यौपानेको अध्यक्षतामा बुधवार बसेको पूर्ण बैठकबाट अदालतमा कार्यरत न्यायाधीशहरूको मासिक तलव स्केलको ७ दिन रा.प द्धितीय तथा तृतीय श्रेणीमा कार्यरत अधिकृतहरुको तलव स्केलको ५ दिन र रा.प अ. श्रेणी एंवम श्रेणी विहीन कर्मचारीहरुले पाउने तलव स्केल ३ दिन वरावरको रकम कट्टी गरी राष्ट्रिय वाणिज्य वैकमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको खाता नं. १९६०००००११०१ मा रकम जम्मा गराउने निर्णय गरेको अदालतका सुचना अधिकारी मुन्ना सिंह क्षेत्रीले जानकारी दिए ।
नेपालगञ्ज उच्च अदालतमा हाल वरिष्ठ न्यायाधीश पवनकुमार शर्मा न्यौपाने, हेमराज पन्त, गोकर्ण डांगी, विमल सुवेदी र राजेशकुमार काफ्ले गरि पाँच न्यायाधीश र रजिष्टार, अधिकृत लगायत झण्डै ५५ कर्मचारी कार्यरत छन् ।

Next Post

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद

२८ चैत्र २०७६, शुक्रबार १४:३५
सदरलाइनडटकम, काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । शुक्रवार बिहान भएको संवादमा कोरोना भाइरसको महामारीविरुद्ध भइरहेको सहकार्यलाई थप सशक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिए । संवादका क्रममा लकडाउनका कारण एकअर्काको देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह […]