स्वास्थ्यकर्मी संघद्वारा स्वास्थ्य सामग्री सहयोग

२७ चैत्र २०७६, बिहीबार १६:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल–भारत दशगजा क्षेत्र तथा अन्य ठाउँमा निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीहरुका लागि नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ ।
संघ जिल्ला कार्यसमिति बाँकेले दशगजामा खटिने स्वास्थ्यकर्मीहरुका लागि बिहीवार नेपालगञ्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । संघका पदाधिकारहरु सम्मिलित टोलीले प्रदान गरेको सामग्री उपमेयर उमाथापागरले ग्रहण गरिन् ।
उपमेयर थापाले कोरोना भाइरस नियन्त्रणको अभियानमा खटिएका स्वास्थ्यकर्मीहरु जोखिममा रहने हुँदा संघको सहयोगले उनीहरुलाई कार्यक्षेत्रमा टिकिराख्न मद्दत पुग्ने बताइन् । कोरोना भाइरसको लडाईमा बिश्वभरीका देश लडिरहँदा यो लडाईलाई सफल बनाउन सानो सहयोग गरेको संघ बाँकेका अध्यक्ष टेकबहादुर केसीले प्रतिक्रिया दिए ।
संघका बरिष्ठ उपाध्यक्ष धिरजंग शाह, कोषाध्यक्ष मोहन देवकोटा, सह–सचिव तेजुबहादुर वली, संघका नेपालगञ्ज नगर संयोजक राजेश सेन, उपमहानगरपालिका स्वास्थ्य शाखा उपसंयोजक जागेश्वर बस्नेत, गणेश कार्की र बिनोद बिकको टोलीले एन ९५ मास्क २० थान, सर्जिकल मास्क २ सय ५० थान, ह्याण्ड सेनिटाईजर १० थान प्रदान गरेको थियो ।

Next Post

लकडाउनले नरोकेको मेरी आमाको दौनिकी

२७ चैत्र २०७६, बिहीबार १६:३३
दीपा पौडेल, गुर्भाकोट नगरपालिका–८, सुर्खेत यति बेला बिश्वमा कोबिड–१९ (नोवेल कोरोना) भाइरसको सङक्रमण फैलने त्रासका कारण पुरै मुलुक लकडाउनमा छ । विश्व नै संङ्ककटको घडिमा छ भने विश्वभरमा करीब १६ लाख ५ हजार २७७ भन्दा बढि मानिस सङ्कक्रमित छन् । ९५ हजार ७ सय ५१ को मृत्यु भएको छ भने […]