‘लकडाउन’मा उपभोग्य सामाग्रीको अभाव हुननदिने नेपालगञ्ज उद्योग वाणिज्य संघको अपील

१३ चैत्र २०७६, बिहीबार १८:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले ‘लकडाउन’ का क्रममा दैनिक उपभोग्य सामाग्रीको अभाव सिर्जना हुन नदिनका लागि अत्यावश्यक पसल, व्यवसाय खोल्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहिवार भएको सर्वपक्षिय बैठकमा खाद्य सामाग्रीको अभाव सिर्जना नदिन संघलाई अग्रसरता लिन आग्रह गरिएको थियो ।

बैठक पछि संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले बिज्ञप्ती जारी गरी अत्यावश्यक सेवाका पसल, व्यवसाय खुल्ला गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका हुन ।

औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारीसंग सम्बन्धित व्यवसाय र त्यसमा प्रयोग हुने सवारी साधन सन्चालन गर्न कुनै रोकटोक नगर्ने प्रशासनले प्रतिवद्धता जनाएको संघले जनाएको छ ।


‘अन्यौलताका कारण अत्यावश्यक सेवासंग सम्बन्धित पसल व्यवसाय समेत बन्द हुँदा बजारमा अभाव सिर्जना हुने अवस्था देखियो ।’ संघका अध्यक्ष मन्सुरीले भने–‘प्रशासन र हामीबीच आज भएको छलफलबाट त्यो अन्यौलता हटेको छ । अब अत्यावश्यक सेवासंग सम्बन्धित पसल, व्यवसाय निर्धक्क भएर सन्चालन गर्न सकिने छ ।’

संघले पसल, व्यवसाय सन्चालन गर्ने उद्योगी, व्यवसायलाई आफ्नो स्वास्थ्य सुरक्षा पूर्णरुपमा अपनाउन र सेवाग्राहीको ठूलो भिडभाड नगर्न सुझाव दिएको छ । दूरी कायम गरी र भिडभाड नहुने गरी सेवाग्राहीलाई सेवा दिन आग्रह गर्दै संघका अध्यक्ष मन्सुरीले भने,—‘सचेत र सजग भई पसल व्यवसाय सन्चालन गर्दा पनि कुनै प्रकारको वाधा अवरोध भए हामीसंग सम्र्पक गर्न सक्नुहुने छ ।’

Next Post

कोबिड–१९ रिलिफ फण्ड बाँकेमा पहिलो दिन साढे ३ लाख बढी संकलन

१३ चैत्र २०७६, बिहीबार १८:५२
सदरलाइनडटकम, नेपालगञ्ज :  विश्वभरी फैलिएको कोभिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि सरकारले आव्हान गरेको ‘लकडाउन’को प्रभावितको लागि मानविय सहयोगको लागि स्थापना गरिएको कोबिड–१९ रिलिफ फण्ड बाँकेमा पहिलो दिन साढे ३ लाख बढी संकलन भएको छ । पाँच नंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले लकडाउनका कारण प्रभावित हुने व्यक्तिलाई […]

सम्बन्धित