नेउबा संघद्वारा ‘बिपद्कालिन राहात कोष’ निर्माण

७ चैत्र २०७६, शुक्रबार १९:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपालगञ्ज उद्योग वाणिज्य संघले ‘बिपद्कालिन राहात कोष’ निर्माण गर्दै सो कोषमा दुईलाख बढी जम्मा गरेको छ ।
विश्वमा भयावह रुपमा फैलिएको कोरोना संक्रमणकाबिरुद्ध जुध्नका लागि भइ रहेका तयारीमा कुनै पनि कमी आउन नदिन शुक्रवार ‘बिपद्कालिन राहात कोष’ निर्माण गरेको संघले सो राहात कोषमा २ लाख १५ हजार ७ सय ११ रकम जम्मा गरेको हो ।

संघको तर्फबाट रु १ लाख १ हजार १ सय ११ र संघका पदाधिकारी एवं कार्यसमितिका सदस्यको व्यक्तिगत तर्फबाट रु १ लाख १४ हजार ६ सय रुपैया जम्मा गरिएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए । उनले ग्लोबल आईएमई बैंकमा खाता खोलेर संघले राहात कोष कार्यान्वयन गरेको बताए ।


संघले उद्योगी व्यवसायी, सामाजिकक्षेत्र एवं बिभिन्न पेशागत संघसंगठनलाई आर्थिक सहयोग गर्न आह्वान गरेको छ । आर्थिक सहयोग गर्न चाहाने उद्योगी, व्यवसायीले ग्लोबल आईएमई बैंक, त्रिभुवनचोक शाखामा रहेको चल्ती खाता नं. २१०१०१०००८६६ मा रकम जम्मा गर्न सक्ने अध्यक्ष मन्सुरीले बताए ।
कोषमा जम्मा भएको रकम कोराना भाइरस बिरुद्ध भइरहेको आवश्यक तयारी खर्च गरिने संघले जनाएको छ । कोषमा जम्मा हुने रकम सार्वजनिक गरिने छ ।

कस्ले कति सहयोग गरे ?

अध्यक्ष अब्दुल वाहिद मन्सुरी  : १,५१००/–
निर्वतमान अध्यक्ष नन्दलाल बैश्य : ११,००० /–
प्रथम उपाध्यक्ष आदेशकुमार अग्रवाल  :  ५,१००/–
द्वितिय उपाध्यक्ष अमितकुमार बस्नेत  : ५,१००/–
महासचिव चिरञ्जीवी ओली  : ५,५००/–
उपमहासचिव धर्मराज अर्याल : ५,०००/–
कोषाध्यक्ष हरिलाल न्यौपाने  : ५,०००/–
प्रवक्ता टंकबहादुर धामी : ५,०००/–
कार्यसमिति सदस्यहरु
मन्दिरा पाण्डे : २,१००/–
बिजय भण्डारी  : ५,१००/–
टंक प्रसाद शर्मा  : ५,०००/–
बिष्णु प्रसाद श्रेष्ठ : ३,०००/–
भीमबहादुर रानाभाट : ५,१००/–
टेकबहादुर खड्का  : ५,१००/–
एशोसिएसट सदस्य दिपेन्द्र बिष्ट  : ११,००० /–
भीमलाल कँडेल : २,१००/–
बरिष्ठ सदस्य बसन्त लामिछाने  : ५,०००/–
पार्वती आचार्य : ५,०००/–
उषा कुमारी थापाक्षेत्री: २,१००/–
निरज गौतम : ५,१००/–
सुनिल कुमार बनिया : २,१००/–

Next Post

सीमा क्षेत्रमा कोरोना कहर : मुख्य नाकामा कडा जाँच, चोरबाटोबाट खुल्ला ओहोर दोहोर !

७ चैत्र २०७६, शुक्रबार १९:०१
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाइरस संक्रमण रोक्न गरेको प्रयासमा सीमा नाकाका चोरबाटा बाधक भएको पाईएको छ । नेपालगञ्जको जमुनाह नाकालाई पुर्ण रुपमा बन्द गर्न नसक्दा अहिले चोरबाटो भएर सिमावारी र पारीबाट ओहोर दोहोर गर्नेको भिड लागेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहमा मुख्यबाटो भएर जानेको संख्या हिजोमात्रको ८ सय रहेको […]

सम्बन्धित