२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दुई करोडमा सडक बत्ती जडान गरिँदै



सदरलाइनडटकम,
दाङ : दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो  चरणअन्तर्गत ७१ वटा विद्युतीय खम्बा जडान शुरु गरेकोे  हो ।
घोराही बजारको  कुटवालखोलादेखि रतनपुरचोक, नेपाल बैंक लिमिटेडदेखि शहीदगेट र तुलसीपुर चोकदेखि दामोदर चोकसम्मको  सडकको बीच भागमा ७१ वटा विद्युतीय सडक बत्ती जडानको  काम शुरु गरिए को  छ । उपमहानगरले सडक बत्ती जडानको जिम्मा एपेक्स नेपाललाई दिएको छ ।
विज्ञापन सामग्री राख्ने  गरी घोराही उपमहानगरपालिका र एपेक्स नेपालबीच विद्युतीय सडक खम्बा बत्तीसहित यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण तथा जडान गर्ने सम्झौता भएको  छ । एपेक्स नेपालले  दुर्ई करोडको  लगानीमा विज्ञापन सामग्री राख्ने  गरी विद्युतीय सडक बत्ती, यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण गर्ने बताएको छ ।
एपेक्स नेपालका प्राविधिक प्रमुख अनन्त न्यौपानेले  पहिलो  चरणअन्तर्गत विद्युतीय सडक बत्ती जडानको  काम शुरु गरिएको बताए । कम्पनीले  सम्झौताअनुरुप दोस्रो चरणअन्तर्गत घोराहीको  विभिन्न स्थानमा गरी १५ यात्रु प्रतीक्षालय र पाँच ठाउँमा ट्राफिक आइल्याण्ड निर्माण गर्नेछ ।

प्रकाशित मिति : २०७६ पुस १९ गते शनिबार
ताजा समाचार