२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी चुनाबी मैदानमा



सदरलाइनडटकम,
नेपालगञ्ज : आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले शुक्रबार ललितकुमार रौनियार नेतृत्वमा आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ ।
‘आर्थिक समुन्नती सहितको व्यवसायीक स्वतन्त्रता संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको उम्मेदवार सार्वजनिक गरेको हो ।
समूहले उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य तर्फको उपाध्यक्षमा अमित बस्नेतलाई अघि सारेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सदस्य पदका उम्मेदवारहरुमा अजयकुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खनबहादुर धामी, सन्तोषकुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्रराज श्रेष्ठ, सुरेन्द्र सिंह सरदार रहेका छन् ।
उम्मेदवार घोषणासभामा अध्यक्ष पदका उम्मेदवार ललित रौनियारले आफु उद्योगी, व्यवसायीको हितमा सक्रिय हुने बताउँदै बिगत हेरेर व्यवहार नगर्न आग्रह गरेका छन् । उनले आफु वर्षौदेखि व्यवसायीक हितमै लागेको उल्लेख गर्दै नेतृत्वमा पुगेपछि सबै बिर्सिएर संघ र बाँकेको उद्योग, व्यवसायका क्षेत्रमा सक्रिय हुने प्रतिबद्धता गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायीका उम्मेदवारलाई विजयीको शुभकामना दिदै उद्योगी व्यवसायीको हितमा काम गर्ने नेतृत्व संघलाई आवश्यक रहेकोमा जोड दिए ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले संघले व्यवसायीक मुद्दामा मात्र नभएर सामाजिक कार्यमा समेत भूमिका निर्वाह गरेकाले भावी नेतृत्वले त्यसतर्फ पनि ध्यान दिनु पर्ने बताए ।
सो कार्यक्रममा प्रदेशसभा सदस्य तथा जडिबुटी व्यावसायी संघका अध्यक्ष याकुव अन्सारीले व्यवसायीक हित र सुरक्षाका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई जिताउन सबै उद्योगी व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुनिलकुमार शर्मा, राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन बाँकेका अध्यक्ष सलाउद्दिन जसगढ सम्बोधन गरेका थिए ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम शर्माको सभापतित्वमा भएको कार्यक्रमको स्वागत मन्तव्य साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका प्रचार प्रसार संयोजक धु्रव प्रसाद दाहालले व्यक्त गरेका थिए भने उम्मेदवारहरुको परिचय प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका सल्लाहकार सञ्जय थापाले गराएका थिए ।

प्रकाशित मिति : २०७६ पुस १८ गते शुक्रबार
ताजा समाचार