सदरलाइनडटकम,
काठमाण्डौं : लागूऔषध कोकिनका २४६ वटा प्याकेट सेवन गरेर विमानको यात्रा गरिरहेका एक जना जापानी नागरिकको ज्यान गएको छ । मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती नागरिकको ज्यान गएको हो ।
उनको अचानक ज्यान गएपछि विमानलाई मेक्सिकोको सानोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो । उदो एन नामका ती व्यक्तिलाई लागूऔषध ओभरडोज भएको थियो । परीक्षणका क्रममा उनको पेट र आन्द्रामा २ दशमलव ५ सेन्टीमिटर लामो र १ सेमी चौडाइका कोकिनका पोका भेटिएको पोष्ट मार्टम रिपोर्टमा जनाइएको बीबीसीले उल्लेख गरेको छ ।
कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा सुरू गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए । एयरमोसिलियो नगरमा विमानलाई आपत्कालीन अवतरण गराइएको थियो । विमानमा सवार अन्य १९८ जना यात्रुलाई नियमित उडानमा गन्तव्य तर्फ पुर्याइएको थियो ।
(एजेन्सी)
Next Post
बैंकका सुरक्षागार्डले आफ्नै पेटमा हाने खुकुरी
१४ जेष्ठ २०७६, मंगलवार १५:१९
सम्बन्धित
-
७ चैत्र २०८०, बुधबार १४:३२
अठारौं नेशनल एजुकेशन अवार्डबाट पत्रकार सुनिल आचार्यसहित ५५ पुरस्कृत
-
३१ बैशाख २०७६, मंगलवार १४:००
ग्यारेजमा आगलागी हुँदा दुई बस जलेर नष्ट
-
३ श्रावण २०७८, आईतवार १४:२०
सबैभन्दा बढी नेपालगञ्जमा बर्षा
-
१४ फाल्गुन २०७७, शुक्रबार १७:५९
किसान सेन्टर एकद्वार प्रणालीमार्फत कृषिको सूचना व्यवस्थित गर्छौ : मन्त्री अर्याल
-
७ आश्विन २०७५, आईतवार १७:४४
स्वस्तिमा ‘हजार जुनीसम्म’ फिल्म खेल्ने
-
४ पुष २०७९, सोमबार १२:४६
लोप हुँदै परम्परागत प्रविधि