कुकुरको सहयोगमा लागूऔषधसहित सात पक्राउ

६ जेष्ठ २०७६, सोमबार १९:३८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रतिबन्धित लागूऔषधसहित बाँकेमा सात जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो प्रदेश नं. ५ नेपालगञ्जको टोलीले उनीहरुलाई सोमवार नेपाल भारत नाका जमुनहाबाट पक्राउ गरेको हो । लागूऔषध सम्बन्धि विज्ञ कुकुरको सहायोगले प्रतिबन्धित लागू पदार्थसहित सात जनालाई नियन्त्रणमा लिएको ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले बताए ।
भारतबाट नेपालगञ्ज आउँदै गरेकालाई कुकुरले सुँघेर पहिचान गरेको बताउँदै उनले लागूऔषधको विज्ञ गौरी नामक पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको बताए । कुकुरको सहायतामा १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका अदिल मियाँलाई नियन्त्रणमा लिएको थापाले जानकारी दिए । उनले सीमावर्ती भारतीय बजार रुपईडिहाबाट आउँदै गरेका घोराही उपमहानगरपालिका–३ की लक्ष्मी खड्का र नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर बरामद भएको बताए ।
यस्तै नेपालगञ्ज १८ भुजईगाउँका किशोरकुमार धोवीलाई पनि प्रहरीले जमुनहा नाकाबाट नियन्त्रणमा लिएको छ । कुकुरको सहायतामा उनलाई नियन्त्रणमा लिएको थापाले बताए । उनको साथबाट ४ ट्याब्लेट नाइट्रोसन, १० क्याप्सुल स्पासमो र एक बोत्तल अल्टोरेक्स बरामद भएको छ । प्रहरीले सोमवारनै थप एकजनालाई पनि नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले बताए ।
हरिजनको साथबाट ३९ ट्याब्लेट नाइट्रो भ्याट बरामद भएको छ । पोलिथिन झोलामा रहेको चनाभित्र लुकाएर रुपईडिहाबाट ल्याउने क्रममा उनलाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरीका अनुसार, रुपईडिहाबाट आउँदै गरेका थप दुई जनाबाट चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको छ । ति दुवैजनालाई अभिभावकको जिम्मा लगाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

Next Post

बैजनाथमा बालबिवाहबिरुद्धको अभियान विद्यालयबाट सुरु

६ जेष्ठ २०७६, सोमबार १९:३८
सदरलाइनडटकम, बैजनाथ (बाँके) ‘ नगरौं बिहेका कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने मूल नाराका साथ बाँकेको बैजनाथ गाउँपालिकामा उमेर नै नपुगी आफै विबाह गर्ने कार्यलाई निरुत्साहित गर्नको लागि विद्यालय तहदेखि नै बालविवाहविरुद्धको सचेतनामुलक अभियानको सञ्चालन गरिएको छ । बैजनाथ गाउपालिकाको वडा नं. ६ को सहयोगमा वडा बाल क्लब सञ्जाल […]