सदरलाइनडटकम,
काठमाण्डौ : कञ्चनजंघा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र एकजना सम्पर्कविहीन भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले पुष्टि बताए । आधिकारिक पुष्टिसहितको पत्र भने कम्पनीले नदिएको उनले जानकारी दिए ।
उनीहरू पिक प्रमोशनबाट हिमाल आरोहणमा गएका थिए । ताप्लेजुङको नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजंघाको शिखरमा बुधवार १० नेपालीसमेत ३६ जनाले सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।
पर्यटन विभागका प्रवक्ता सुरेन्द्र थापाका अनुसार सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा मृतकहरूको शव ल्याउने प्रयास भइरहेको छ । दुवै शव दोस्रो शिविरमा ल्याएर त्यहाँबाट शुक्रवारसम्म काठमाण्डौ ल्याइने थापाले जानकारी दिए ।
Next Post
प्रदेश पाँचको बजेट अधिवेशन शुरु
२ जेष्ठ २०७६, बिहीबार १५:१६
सम्बन्धित
-
१८ चैत्र २०७४, आईतवार १६:२४
अप्रिल फुल के हो ?
-
३ कार्तिक २०७७, सोमबार १७:४०
देशभर ३७ सय बढी संक्रमित थपिए
-
१० जेष्ठ २०७८, सोमबार १८:४१
बी–ग्रुपद्वारा अक्सिजन कन्सट्रेटरलगायतको स्वास्थ्य सामाग्री हस्तान्त्रण
-
९ कार्तिक २०७५, शुक्रबार १७:०४
शैक्षिक सुधारका लागि जानकी गाउँपालिकाको प्रयास
-
७ चैत्र २०८०, बुधबार १६:४४
कांग्रेस बाँकेले सम्झियो पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसादलाई
-
१ पुष २०७५, आईतवार १६:३९
करेन्ट लागेर सुरक्षा गार्डको मृत्यु