सदरलाइनडटकम,
दाङ : दाङको भालुबाङबाट ध्वासे चितुवाको छाला सहित तीन जना पक्राउ परेका छन् । ५ नम्बर प्रदेश अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक देबिप्रसाद गैरेको नेतृत्वमा गएको टोलीले उनिहरुलाइ बजारमा हिडदै गरेको अवस्थामा छाला सहित आइतवार बिहान साढे १० बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर १ का २० बर्षका बिष्णु खनाल, २६ बर्षका शालिक राम भण्डारी र सोहि वडाकै ३२ बर्षका दिपक भण्डारी रहेका छन् ।
अनुसन्धान ब्युरोले भालुबाङ बजारमा उनीहरुको हिँडाई शंकास्पद देखेपछि जाँच गर्ने क्रममा सेतो प्लास्टिकको बोरा भित्र लुकाइराखेको अवस्थामा ध्वासे चितुवाको सिङ्गो छालानै बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भालुबाङमा राखिएको छ ।
Next Post
नेपालगञ्जमा बोटानिकल गार्डेन बन्दै
२९ बैशाख २०७६, आईतवार १७:१७
सम्बन्धित
-
१८ आश्विन २०७७, आईतवार ०८:३६
बाँकेका थप अठार जना डिस्चार्ज
-
१२ माघ २०७८, बुधबार १६:३४
महामारी नियन्त्रणका लागि नेपालगञ्जमा समिति गठन
-
३० भाद्र २०७६, सोमबार १६:३८
‘फगिङ’ स्वास्थ्यका लागि ‘घातक’, प्रयोग नगर्न आग्रह
-
८ भाद्र २०७८, मंगलवार १४:३३
सुर्खेतमा एकसाता निषेधाज्ञा थप
-
९ श्रावण २०७८, शनिबार १७:५२
स्थापना दिवसका अवसरमा भेरीद्धारा रक्तदान
-
२५ आश्विन २०७६, शनिबार १७:५०
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु