युवतीको मृत्युपछि कैलालीको लम्की तनावग्रस्त

१७ बैशाख २०७६, मंगलवार १६:४२
 

सदरलाइनडटकम,
कैलाली : ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि कैलालीको लम्की बजारमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ७ जना घाईते भएका छन् । लम्कीचुहा नगरपालिका–३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षीया सुनिता रावलको मृत्युपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
रावलको मृत्युपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र स्थानीयले अवरुद्ध गरेको राजमार्ग खुलाउन पुगेको प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा लम्की बजार तनावग्रस्त भएको हो । आक्रोशित प्रदर्शनकारीले बजार बन्द गराएका छन् भने ठक्कर दिने ट्रकलाई जलाउने प्रयास गरेका थिए । सडकमा टायर बालेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गरेको छ । सोही क्रममा रबरको गोली लाग्दा लम्की बहुमुखी क्याम्पसका प्रधानाध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ ।
झडपमा प्रहरी र आन्दोलनमा उत्रिएका स्थानीय गरी ७ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उचार भइरहेको कैलालीका प्रहरी उपरीक्षक आभुषण तिमल्सिनाले बताए । लम्की बहुमुखी क्याम्पसबाट साइकलमा घर फर्कने क्रममा पछाडिबाट आइरहेको ट्रकले ठक्कर दिँदा रावलको घटनास्थलमै मृत्यु भएको थियो ।

Next Post

कर्णालीमा स्काभेटर खस्दा चालक घाइते

१७ बैशाख २०७६, मंगलवार १६:४२
सदरलाइनडटकम, हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिकामा पर्ने खार्पुनाथ सडकखण्डको घुम्ने ठाउँमा माथिबाट पहिरो जाँदा स्काभेटर कर्णाली नदीमा खसेको छ । सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काभेटर पुरिँदा चालक बिष्णु बुढा घाइते भएका छन् । घाइते बुढालाई उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा पुर्याएको खार्पुनाथ गाउँपालिका प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले […]

सम्बन्धित