बंगलादेशमा आगलागी हुँदा २५ जनाको मृत्यु

१५ चैत्र २०७५, शुक्रबार १४:३८
 

सदरलाइनडटकम,
काठमाण्डौ : बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रवार मध्यान्हसम्म २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुनसक्ने भन्दै खोजतलास गरिरहेका छन् । राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीवार अपरान्ह आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं कर्मचारी, कामदारहरु कार्यरत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले भवनको स्वामित्व रहेका व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ । आगलागीका कारण केही व्यक्ति भवनको बाहिर झुण्डिएका तारहरुको सहाराले तल ओर्लिएका थिए भने केही झ्यालबाट हामफालेका थिए । अधिकारीहरुका अनुसार एक जना श्रीलंकाली समेत कम्तीमा ६ जनाको मृत्यु त्यसरी ज्यान जोगाउन हामफालेका कारण भएको थियो ।
एक जना वरिष्ठ अग्निनियन्त्रण अधिकारी मोहसिन अलिले भवन खाली गराएर खोजतलास शुरु गरिएको जानकारी दिए । उनले आगलागीबाट सबैभन्दा बढी प्रभावित आठदेखि दशौं तल्ला रहेको बताए । ७० जनाभन्दा बढी व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।
(एजेन्सी)

Next Post

८औँ राष्ट्रिय खेलकुद वैशाख पहिलो साता हुने

१५ चैत्र २०७५, शुक्रबार १४:३८
सदरलाइनडटकम, काठमाण्डौ : ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आगामी वैशाख ५ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको शुक्रवार बसेको बोर्ड बैठकले ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो । युवा तथा खेलकुद मन्त्री एवम् परिषदका अध्यक्ष जगत विश्वकर्माको अध्यक्षमा काठमाण्डौमा बसेको परिषद बैठकले […]