सदरलाइनडटकम,
रुकुम पूर्व : भीरबाट लडेर रुकुम पूर्वमा एक जनाको मृत्यु भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका ६ डिमुरगैरा निवासी ३६ वर्षीय तिलकबहादुर रोकाको यही गाउँपालिका–१३ को जुम्ल्याह भीरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार, भीरबाट लडेर गम्भीर घाइते भएका रोकाको अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो । मंगलवार दिउँसो परेको हिमपातले बाटो अवरुद्ध भएपछि हिउँ हटाउँदै गर्दा उनी भीरबाट चिप्लिएको प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनुभयो ।
पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर १३ बिर्गुमबाट घोडा लिएर ओख्मा जाने क्रममा उनी भीरबाट खसेका थिए । उनको टाउको र ढाडमा गहिरो चोट लागेको थियो ।
Next Post
घर भत्किँदा श्रीमानको मृत्यु, पत्नी घाइते
१४ चैत्र २०७५, बिहीबार १४:३४
सम्बन्धित
-
२१ श्रावण २०७४, शनिबार ११:०३
बाँकेका १ सय ८ मुसलमान यो वर्ष हज गर्न जाँदै
-
३० जेष्ठ २०७६, बिहीबार १८:२९
जानकीमा स्वास्थ्यचौकीको सेवा विस्तार गर्न माग
-
२५ मंसिर २०७६, बुधबार १८:३०
हात्तीको आक्रमणमा दुईको मृत्यु, चार घाइते
-
६ चैत्र २०७५, बुधबार १८:३४
नरैनापुरमा प्रहरीको भवन उद्घाटन
-
२३ चैत्र २०७४, शुक्रबार १७:५५
सेतु विक स्मृति क्रिकेट भोलीबाट
-
१८ बैशाख २०७५, मंगलवार १३:२१
कैलाली भ्रमण बर्षको तयारी तिव्र