कामना बैंकको नेपालगञ्जमा घरदैलो

२९ मंसिर २०७५, शनिबार १८:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कामना सेवा विकास बैंक नेपालगञ्ज शाखाले शनिवार बृहद् बित्तीय साक्षरता तथा घरदैलो अभियान सञ्चालन गरेको छ । राष्ट्र बैंकबाट ख बर्गको इजाजत प्राप्त राष्ट्रीयस्तरको कामना सेवा बैंकले नेपालगञ्जको सबैभन्दा व्यस्त बजार घरबारीटोल, न्यूरोड, बागेश्वरी मन्दिर, त्रिबेणीमोड, बसपार्क क्षेत्रका व्यवसायी र सर्बसाधारणसँग भेटघाट गरी बैंक तथा बित्तीय कारोवारका बिषयमा जानकारी दिएको छ ।
नेपालगञ्जका शाखा प्रबन्धक ज्योतिका चापागाईका अनुसार, उद्योगी, व्यवसायी र सर्बसाधारणहरुलाई बैंक तथा बित्तीय क्षेत्रका बिषयमा जानकारी मात्र नभई बैंकले प्रदान गर्ने सेवाका बिषयमा पनि जानकारी दिईएको थियो ।
घरदैलो कार्यक्रममा बैंकका कर्मचारीका साथै प्रर्बद्धकहरु हरिशचन्द्र श्रेष्ठ, पदम श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, सुनिलकुमार श्रेष्ठ, केन्द्रीय कार्यालयबाट आएका कर्मचारी काशीनाथ पराजुलीलगायतको सहभागिता थियो । कामना विकास बैंकले देशभर एकैसाथ बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो ।


Next Post

एकै पटक २० समूहले २० ठाँउबाट फोहर टिपियाे

२९ मंसिर २०७५, शनिबार १८:२४
सदरलाइनडटकम, नेपालगञ्ज : ‘हाम्रो नेपालगञ्ज सफा नेपालगञ्ज’ भन्ने नारासहित नेपालगञ्जमा शनिबारदेखि सरसफाई महाअभियान शुरु गरिएको छ । यो अभियानमा एकै पटक विभिन्न स्थानबाट २० वटा टोली सरसफाईको लागि परिचालित भएको थियो । नेपालगञ्ज उप–महानगर, नेपालगञ्ज उद्योग वाणिज्य संघसंगको संयुक्त आयोजना तथा इन्प्रोकको सह–आयोजनामा वडा कार्यालय, सरकारी निकाय, विभिन्न सामाजिक संघ […]