एमबिबिएस पढ्न प्रतिमालाई सहयोग जुट्दै

  
  प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५       | 35 Views   ||

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँकी प्रतिमा शर्मालाई एमबिबिएस अध्ययनका लागि नेपालगञ्जस्थित धम्बोझी क्लबले २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
क्लबका अध्यक्ष एवं युवा ब्यवसायी देवेन्द्र खड्का र सल्लाहकार प्रमोद रिजालले बिहीवार प्रतिमाका बुवा मदनलाई निवासमै पुगेर क्लबका तर्फबाट सहयोगस्वरुप २५ हजार नगद हस्तान्तरण गरे ।
त्रिभुवन बिश्व विद्यालयबाट पूर्ण छात्रबृत्तिमा नाम निकाले पनि १५ लाख रुपैयाँ खर्च लाग्ने भएको र प्रतिमाको कमजोर आर्थिक अवस्थाका कारण पढाईलाई पूर्णता दिन सहयोग संकलन गरिएको हो । हालसम्म करीब ६ लाख रुपैयाँ खर्च भईसकेको छ ।
रकम हस्तान्तरणमा प्रतिमा शर्मा सहयोग समितिका सदस्यसमेत रहेका नेकपा नेता रत्न खत्री, किरण ढकाल, सहयोग समितिका संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनार, सन्तोष श्रेष्ठलगायत उपस्थिती थियो ।

प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५     4:51:15 PM  |