कृषि अनुदान बारे जानकारी दिन प्रदेश सरकारको टोली कृषकको घरदैलोमा

१८ आश्विन २०७५, बिहीबार १८:२३
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : किसानलाई दिइने अनुदानबारे जानकारी लिन प्रदेश सरकारले किसानको बारीमा टोली खटाएको छ । प्रदेश नम्बर ५ का कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयले मन्त्री आरती पौडेलका स्वकीय सचिव सुर्य रोकायलाई बाँके, बर्दियाका किसानको घरदैलोमा पठाएको हो ।
पछिल्लो समय प्रदेश मन्त्रालयले ब्यावसायिक किसान र फर्मलाई कृषि अनुदानका लागि प्रस्तावना माग गरेको अवस्थामा मन्त्रीका स्वकीय सचिव रोकाय किसानको घरदैलोमै पुगेर अनुदान फर्म भर्ने तरिकालगायतका बारेमा जानकारी दिईरहेका छन् ।
सबै किसानसँग सूचनाको पहुँच नभएका कारण आफुहरु घरदैलोमा खटिएको रोकायले बताए । रोकायले बिहीवार बाँकेका प्रदेशसभा सदस्य बाबुराम गौतम, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिलगायतको समन्वयमा खजुरामा ब्यावसायिक कृषि ब्यवसायमा लागेका किसानका फर्मको बारेमा समेत जानकारी लिएका छन् ।
अर्गानिक टमाटर खेती गरेका राधापुरस्थित सैनिक कृषि फर्मका सञ्चालक मगनसिंह थापाले वास्तविक किसानलाई राज्यले सहयोग गरे कृषिले ब्यवसायको रुप लिने बताए ।

Next Post

नेपालगञ्जमा पनि ‘दशैँ सस्तो बजार’ सञ्चालन गरिने

१८ आश्विन २०७५, बिहीबार १८:२३
सदरलाइनडटकम, नेपालगञ्ज : हिन्दुहरुका महान चाड दशैँलाई लक्षित गरि नेपालगञ्जमा ‘दशैँ सस्तो बजार’ सञ्चालन गरिने भएको छ । नेपालीहरुको ठूलो चाडपर्वलाई लक्षित गरि नेपालगञ्जका ब्यापारील सर्वसाधारणका लागि ‘दशैँ सस्तो बजार’ सञ्चालन गर्न लागेका हुन् । नेपालगञ्ज उद्योग बाणिज्य संघको प्रवद्र्धनमा नेपालगञ्ज वितरक संघले उपभोक्ता जागरणका लागि बागेश्वरी मन्दिरको पूर्व चिल्ड्रेन पार्कमा […]

सम्बन्धित