नसिरुलको नेतृत्वमा जनजागरण समाज, पत्रकार सम्मानित

१७ आश्विन २०७५, बुधबार १९:२३
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : जनजागरण समाज खजुराको अध्यक्षमा नसिरुल निशा निर्वाचित् भएकी छन् । समाजको बुधवार खजुराखुर्दमा भएको १५ औँ साधारण सभाले नसिरुललाई अध्यक्षमा निर्वाचित् गरेको हो ।
अध्यक्षका लागि मन्शाराम कहार र मायादेवी काँदुले पनि उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । कुल दुई सय मतदाता मध्ये ९३ जना सदस्य निर्वाचनमा सहभागी भएका थिए । निर्वाचनमा नसिरुलले ६९ मत प्राप्त गरेर विजयी हुँदा अध्यक्षका अर्का उम्मेदवार मायादेवीले १४ र मन्शारामले ७ मत मात्र प्राप्त गरेको जनजागरण समाजले जनाएको छ । चार मत बदर भएको थियो ।
खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले उपाध्यक्षमा रमेशकुमार काँदु, सहसचिवमा हनुमान राँढ र कोषाध्यक्षमा खेमराज बर्मालाई चयन गरेको सदस्य सचिव समेत रहेका जनजागरण समाजका कार्यकारी ब्यवस्थापक रामबहादुर पुनले जानकारी दिए । समाजको विधानमा कार्यकारी ब्यवस्थापक सदस्य सचिव रहने ब्यवस्था छ । सदस्यमा रामप्यारी बर्मा, मन्साराम कहार र मायादेवी काँदु निर्वाचित् भएको पुनले जाकारी दिए ।
उपाध्यक्ष विकले गरिव, विपन्न परिवारको उत्थानका लागि गाउँपालिका सँगसँगै रहने प्रतिवद्धता जनाइन् । उनले सबै भन्दा पछाडि परेका महिला, दलित, पीछडिएका वर्गको उत्थान र विकासका लागि समुदायमा आधारित कार्य सञ्जाल संस्था जनजागरण समाजले गरेको कामलाई स्थानीय तहले आत्मसाथ गर्नुपर्ने बताइन् ।
अध्यक्ष होमराज कुर्मीले स्थापना कालदेखि जनजागरण समाजले सबै भन्दा पछाडी परेका उत्पीडित, उपेक्षित वर्गका पक्षमा काम गर्दै आएको बताए । उनले सामाजिक, आर्थिक शैक्षिक र स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास गर्दै आएको बताउँदै समाजले दिएको मायाले जनजागरण समाज भौतिक रुपले सम्पन्न भएको बताए ।
सञ्चारगृह र पत्रकार सम्मानित


जनजागरण समाज खजुराले आफ्नो १५ औँ साधारणसभाका अवसर पारेर दुईजना सञ्चारकर्मी र एक सञ्चार संस्थालाई प्रशंसापत्रले सम्मान गरेको छ । कलमको माध्यमबाट गरिव, उपेक्षित, सिमान्तकृत र अल्पसंख्यक समुदायको जीवनस्तर उकास्न सञ्चार पैरवी गरेको भन्दै समाजले रेडियो हातेमालो एफएमलाई संस्थागतरुपमा सम्मान गरेको हो ।
त्यसैगरि पत्रकारिताको माध्यमबाट संचार पैरवी गरेर संस्थाको अभियानलाई सहयोग गरेको भन्दै नयाँ पत्रिका बाँकेका सम्वाददाता विश्वराज पछल्डङ्ग्या र सद्भाव एफएममा कार्यरत खगेन्द्र दाहाललाई सम्मानपत्र प्रदान गरि सम्मान गरेको समाजले जनाएको छ ।


Next Post

प्रधानमन्त्री ओली स्वदेश फर्किए

१७ आश्विन २०७५, बुधबार १९:२३
सदरलाइनडटकम, काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार अपरान्ह स्वदेश फर्किएका छन् । अन्तर्राष्ट्रीय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महराले स्वागत गरेका थिए । प्रधानमन्त्रीलाई स्वागत गर्न राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, मन्त्रीहरू मातृका यादव, रवीन्द्र अधिकारी, थममाया थापा लगायत विमानस्थल पुगेका थिए । त्यसैगरी […]