सदरलाइनडटकम
नेपालगन्ज : आन्तरिक राजश्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको जेठसम्म ३ अरव ६ करोड भन्न्दा बढि राजश्व संकलन गरेको छ । राजश्व संकलन लक्ष्य अनुरुप भइरहेको सो कार्यालयले जानकारी दिएको छ ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जको वार्षिक लक्ष्य ३ अरव ३२ करोड रहेको छ । असार महिनाको बाँकी नै रहेकाले लक्ष्य पुरा हुन्छ । करको दायरामा आउनेको संख्या बढेसंगै राजश्व संकलन पनि बढेको हो । आन्तरिक राजश्व कार्यालय नेपालगन्जले साविकको भेरी र कर्णाली अञ्चलका १० जिल्लामा सेवा प्रवाह गर्दै आएको छ । सेवाग्राहीको सजिलोको लागि सुर्खेत र जुम्लामा पनि करदाता कार्यालय स्थापना गरी करदाता विवरण लिने कार्य हुँदै आएको छ । ‘हाम्रो लक्ष्य अधिकतम राजश्व संकलन गर्ने हो, त्यसका लागि नियमित रुपमा करदाता शिक्षा सचेतना लगायतका गतिविधि गर्दै आएका छौँ ।’
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत शर्माले भने–‘करमा दर्ता चाही हुनुपर्छ भन्ने चेतना बढेको छ ।’ अझ यसको दायरा बढाउने गरी काम भइरहेको पनि उनले बताए ।