ओम प्लाईले पायो आईएसओ चिन्ह

८ असार २०७५, शुक्रबार १५:४५
 

सदरलाइनडटकम
८ असार, नेपालगन्ज :  नेपालगन्जको उदयपुरमा रहेको ओम प्लाई एण्ड फर्निचर प्रालिले अन्र्तराष्ट्रिय मान्यता रहने आईएसओ चिन्ह पाएको छ । आईएसओका प्रतिनिधिले शुक्रबार एक कार्यक्रमबीच सो उद्योगलाई प्रमाणपत्र हस्तान्तरण
गरे ।
आईएसओ प्रमाणपत्रले उत्साह थपेको प्रालिका प्रबन्धक सन्चालक पशुपतिदयाल मिश्रले बताए । सम्पूर्ण मापदण्ड पुरा गरेपछि आईएसओ प्रमाणपत्र प्राप्त गरेको भन्दै प्रबन्धक सन्चालक मिश्रले भने,—‘अब हामी अन्र्तराष्ट्रियक्षेत्रमा निर्यात गर्न अघि सर्ने छौं ।’ तीन वर्षअघि स्थापना भएको सो प्लाईउड उद्योगले नेपालभर आफ्ना उत्पादनहरु बिक्री गरिरहेको छ ।
प्रालिका अध्यक्ष जगदिश प्रसाद शुक्लाले प्रतिस्पर्धी बजारमा गुणस्तरका कारण आफुहरु अब्बल ठहरिएको दाबी गरे । उनले आगामी दिनमा थप ठाउँहरुमा बजार बिस्तार गर्ने पनि बताए । प्रालिका सन्चालक रामचरण मिश्रले उत्पादनका क्रममा उच्चकोटीको कच्चा पदार्थ प्रयोग गरिएको बताए ।

Next Post

नेपालगन्ज—दिल्ली उडानमा तिब्र तयारी

८ असार २०७५, शुक्रबार १५:४५
सदरलाइनडटकम ८ असार, नेपालगन्ज :  नेपालगञ्जबाट भारतको दिल्लीसम्म सिधा उडान केही महिनामै सुरु हुने सरकारले बताएको छ । अन्तर्रा्ष्ट्रिय उडानका लागि भारतले दुई नयाँ रुट दिएपछि नेपालगञ्जबाट सिधै दिल्ली उडान सुरु गर्न लागिएको हो । हालै मात्र नेपाल र भारतबीच महेन्द्रनगरबाट १८ हजारदेखि २४ हजार फिटसम्म उडान दिने सहमति भएको […]

सम्बन्धित