सदरलाइनडटकम
४ असार, नेपालगन्ज : युवा उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
कार्यक्रमका सहभागिहरुले युवा उद्यमीलाई प्रोत्साहन गर्न बिभिन्न कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिइएयो ।
सामाजिक विकास मन्च बाँकेको आयोजनामा सोमबार नेपालगन्जमा भएको उद्यमशिलता पुर्वाधारका लागि युवा उद्यमी र सरोकारवालाबीच भएको अन्तरक्रियामा यस्तो बताइएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला युवा समितिका प्रमुख रामसुरेश यादवले युवाहरु उद्यमशिलतामा लागे मात्र देशले विकासको मार्ग पहिल्याउने बताए । कार्यक्रममा मन्चका जिविकोपार्जन अधिकृत भुपालसिंह बोहरा लगायतको सहभागिता रहेको थियो ।