सदरलाइनडटकम
४ असार, नेपालगन्ज : पैदलयात्रु दुर्घटनाको जोखिममा पार्ने गरी फुटपाथ कब्जा गर्ने बिरुद्ध प्रहरीले अभियाननै चलाएको छ । चारलेन सडक बनिसक्दा समेत फुटपाथ कब्जा गर्न नछाडेकाहरु बिरुद्ध वडा प्रहरी कार्यालय नेपालगन्जले ट्राफिक प्रहरीको समन्वयमा अभियान चलाइरहेको हो ।
अहिले नेपालगन्जको मुख्य सडक सुर्खेतरोड र अन्य सडकको फुटपाथमा व्यवसायीहरुले आफ्ना सामानहरु राखेर बटुवाहरुलाई आवातजावत रोक्ने काम गरेका छन् । सामानका कारण दुर्घटना समेत भएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जमा इन्चार्जका रुपमा नारायण डाँगी आए लगत्तै उनले फुटपाथ कब्जा गर्ने बिरुद्ध अभियान नै चलाउन शुरु गरेका हुन । ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायसंगको समन्वयमा काम भइरहेको र यो निरन्तर चल्ने वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज नारायाण डाँगीले जानकारी दिए । यो कार्यमा सबैले सहयोग गर्ने आफुले अपेक्षा गरेको इन्चार्ज डाँगीले बताए ।
Next Post
बाँकेको राप्तीसोनारीमा करिव डेढसय शिक्षक दरबन्दी अभाव
४ असार २०७५, सोमबार ०७:५९
सम्बन्धित
-
२५ बैशाख २०७६, बुधबार १८:५०
किया मोटर्स ‘थ्रीएस’ सेवाका साथ नेपालगञ्जमा
-
१८ जेष्ठ २०७७, आईतवार १३:२९
अवैधरुपमा भित्र्याइएको २० हजार पात पान नष्ट
-
२१ माघ २०७९, शनिबार १३:४४
विद्युत् महसुल नबुझाएरै सञ्चालित दाङका दुई सिमेन्ट उद्योग
-
२८ असार २०८०, बिहीबार १३:५२
भन्सार शुल्क अनिवार्य तिर्नुपर्नेमा कडाई
-
२२ फाल्गुन २०८०, मंगलवार १७:३९
नदीजन्य पदार्थबाट बाँकेमा करोडौं राजस्व संकलन हुँदै
-
२५ असार २०८०, सोमबार १३:३८
धम्बोझी व्याडमिन्टन प्रशिक्षण केन्द्रको उदघाटन