सन नेपाल लाईफ इन्सोरेन्स कम्पनीको नेपालगन्जमा शाखा विस्तार

१७ माघ २०७४, बुधबार २०:२२
 

सदरलाइनडटकम 
१७ माघ, नेपालगन्ज  : सन नेपाल लाईफ इन्सोरेन्स कम्पनीले नेपालगन्जमा शाखा विस्तार गरेको छ । एक औपचारीक कार्यक्रमकाविच कम्पनीका महाप्रबन्धक कमलराज गौतम र प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले विहिवार संयुक्त रुपमा शाखा उद्घाटन गरे ।
२ सय करोड पुँजी जम्मा गरेर यहि असोजमा काठमान्डौमा केन्द्रीय कार्यालय स्थापना गरेको कम्पनीले अहिले देशभर शाखा विस्तार गर्ने क्रममा नेपालगन्जको पुष्पलालचौकमा १५ औं शाखाको रुपमा कार्यालय स्थापना गरीएको नेपालगन्जका शाखा प्रवन्धक नारायण पौडेलले जानकारी दिए । यसअघि धनगढी, महेन्द्रनगर, सुर्खेत लगायतका प्रदेश नं ६ र ७ का मुख्य शहरहरुमा शाखा स्थापना गरीसकेको कार्यालयले जनाएको छ । एक तत्थ्यांक अनुसार अझै पनि १० प्रतिशत वाहेकले जीवन विमा नगरेको पाइएकाले बाँकी नागरीकहरुलाई पनि जीवन विमाको पहुँचमा ल्याउनका लागी शाखा विस्तार गरीएको नेपालगन्जका शाखा प्रवन्धक पौडेलले बताए ।
अहिले ६० भन्दा वढि जिल्लामा सेवा विस्तार गरेको कम्पनीले देशभर सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । वालभविश्य, सावधिक जीवन विमा लगायतका जीवन विमामा अन्य कम्पनी भन्दा थप सेवा सुविधाका प्रदान गरीनुका साथै कम्पनीमा कार्यरत व्यवस्थापन पक्ष अनुभवि भएकाले यो कम्पनी चाडै उचाइमा पुग्ने महाप्रबन्धक गौतमले दावि गरे । कम्पनी सरकारी नीति अनुरुप दर्ता भएको वताउदै शाखा प्रवन्धक पौडेलले विमा समीतिले अनुगमन र नियमन गर्ने भएकाले ढुक्क भएर सेवा लिन सेवाग्राहिलाई आग्रह गरे । कार्यक्रममा बाँके, वर्दियाका जीवन विमा कम्पनीमा काम गर्ने अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

Next Post

सामाजिक कार्यका लागि महोत्सवमा नेवारी खाजा बेच्दै दुई समाजसेवी महिला

१७ माघ २०७४, बुधबार २०:२२
सदरलाइनडटकम १८ माघ, नेपालगन्ज : सामाजिक कार्यका लागि नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा कारकाँदोमा प्रादेशिक महोत्सव–२०७४ को खाद्य तथा रेस्टुरेन्टको स्टल नं. १४ मा उमेरले ६० काटेका दुई सामाजिक अभियानका अभियन्ता नेवारी खाजा सेट पस्कन व्यस्त छन् । कला संस्कृतिको जगेर्ना गर्दै सामाजिक कार्यमा समेत सक्रिय उनीहरु हुन नारी विकास […]