महोत्सवमा थरीथरीका अचार पस्कदै ज्योति मगर

१७ माघ २०७४, बुधबार १२:४५
 

सदरलाइनडटकम
१७ माघ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा गत माघ ११ देखि २२ गतेसम्म आयोजना गरिएको प्रादेशिक महोत्सव–२०७४ मा साँस्कृतिक कार्यक्रमले महोत्सवको रौनकता थपेको छ ।
महोत्सवमा राखिएका विभिन्न स्टलमा आफुले खोजेको रोजेको मालबस्तु किन्न र साँस्कृतिक आनन्द लिनको लागि महोेत्सव अवलोकन गर्न आउनेको भिड दिनहुँ बढ्दै गएको महोत्सव आयोजक समितिका संयोजक नन्दलाल बैश्यले बताए ।
महोत्सवमा फरक—फरक स्वादका अचारको स्वाद लिन चाहाने अचार पारखीहरुका लागि अचारका स्टलहरुमा अचार पारखीहरुको थामिनसक्नु भिड देख्न पाईन्छ । लुम्बिनी क्षेत्रका बिभिन्न स्थानमा उत्पादन गरिएका स्वदेशी अचारहरुका स्टलहरु राखिएको छ ।
पैंचो पसल लगायतका उत्पादनहरु राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक बैश्यले बताए । ‘बिभिन्न थरीका अचारप्रति अचार पारखीहरु लेभिएको पाईन्छ’—उनले भने । आ“प, गाजर, अमला, कागती, बोडी, लसुन, अदुवा आदिको अचारहरु बिक्री भइरहेका छन् ।
महोत्सवमा ‘बालबालिकाको खेलाउनादेखि गाडी बिक्रीसम्म’को केन्द्र बनेका छ । महोत्सव औपचारिकतामा मात्र होइन ठुलो व्यवसायिक कारोवार गर्ने माध्यम बनेको पाइएको छ । प्र्रादेशिक महोत्सव नेपालगन्जका मूल आयोजक समितिका संयोजक बैश्यका अनुसार, महोत्सवमा स—साना सामाग्री देखि मोटरसाईकल, जिप, ट्याक्टर, बसहरुको कारोवार भइरहेको छ । कसैले महोत्सवबाट खरिद बिक्री गरिरहेका छन् भने खरिद बिक्रीका लागि सम्पर्क सुत्र समेत बनाएका छन् ।
महोत्सवमा दैनिक दर्शकहरुको आर्कषण देखिएको बैश्यले बताए । उनले सांस्कृतिक कार्यक्रमका साथै व्यवसायिक कारोवार समेत भइरहेको जानकारी दिए । माघ २२ गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका छन ।
५ लाख बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरीएको महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिएको महोत्सव आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय कुमार टण्डनले बताए ।
महोत्सवलाई ब्यवस्थितरुपमा सम्पन्न गराउन तथा दर्शकहरुको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा समेत जडान गरीएको छ । मनोरन्जनात्मक कार्यक्रमतर्फ मंगलबार कालि प्रसाद बास्कोटा, सिर्जना खत्री उर्फ हाउडे माया, चन्द्र शर्मा, रमेश दुलालले आफ्नो प्रस्तुती दिएका थिए ।
आज बुधबार ज्योती मगरको प्रस्तुती रहने भएको छ । चर्चित लोकदोहोरी गायक ज्योती मगरको बिशेष प्रस्तुती दिने छन् । कार्यक्रममा ज्योती काफ्ले शमसेर मिनबहादुर कुसारी, अमृता लिम्बु लगायतको बिशेष प्रस्तुती रहने छ ।


  

Next Post

भेरी अञ्चल अस्पतालले औषधी तथा अन्य जाँचको लागि बाहिर लैजाने दलालविरुद्ध थाल्यो अभियान

१७ माघ २०७४, बुधबार १२:४५
सदरलाइनडटकम  १७ माघ, नेपालगन्ज : नेपालगन्जको भेरी अञ्चल अस्पतालमा आउने विरामीलाई सजिलै जाँच गराईदिने भन्दै अनावश्यक सताउने तथा ‘फलानो मेडिकल’बाट औषधी लिनु भन्नेहरु माथि निगरानी गर्न सु्रु गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुप्ररीटेण्डेन्ट डा. कृष्ण आचार्यले अस्पताल बाहिर सञ्चालनमा आएका सबै जसो मेडिकल तथा ल्यावबाट अस्पतालको ओपिडि, लेवररुम, तथा […]

सम्बन्धित