२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

बिभिन्न पेशागत संघसंस्थाका प्रमुखहरुसँग छलफल



सदरलाइनडटकम
६ माघ, नेपालगन्ज : आगामी माघ ११ देखि २२ गतेसम्म सडक डिभिजन परिसर नेपालगन्जमा संचालन हुने प्रादेशिक महोत्सवको मिति नजिकिएसँगै बिभिन्न संघसंस्थाका प्रमुखहरुसँगको भेटघाटलाई तीब्र पारिएको छ ।
सो महोत्सवमा सर्वपक्षिय ऐक्यवद्धता कायम गराउन बिभिन्न निकायका पदाधिकारीसँगको भेटघाटलाई तीब्र पारिएको आयोजक संस्था नेपालगन्ज उद्योग बाणिज्य संघले जनाएको छ ।
शनिबार बिभिन्न शैक्षिक तथा ब्यापारीक प्रतिष्ठानसँग सहकार्यका लागि छलफल गरेको जनाएको छ । बाँकेका सबै राजनीतिक दलका प्रमुख तथा जनप्रतिनिधीहरुसँग अन्तरक्रिया गरि सकेको बताउँदै महोत्सव मुल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष नन्दलाल बैश्यले बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी, जिल्लाका सुरक्षा निकाय लगाएतका उच्च पदस्त ब्यक्तिहरुसँग समेत छलफल गरीसकेको जानकारी दिए ।
महोत्सवलाई यस क्षेत्रकै उत्सवका रुपमा मनाउने तयारी भईरहेको महोत्सव प्रचार, प्रसार उपसमितिका संयोजक बसन्त लामिछानेले जानकारी दिए । ५, ६ र ७ नम्बर प्रदेशको मुख्य प्रवेशद्धारका रुपमा रहेको नेपालगन्ज ब्यापारीक दृष्टिकोणले पश्चिम नेपालको हबका रुपमा स्थापित हुँदै गएकोले महोत्सव संचालनसँगै यस क्षेत्रको आर्थिक गतिशिलताले थप तीब्रता पाउने विश्वास ब्यक्त गरिएको छ ।

 

प्रकाशित मिति : २०७४ माघ ६ गते शनिबार
ताजा समाचार