२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

कोहलपुरका बैंकहरुका एटिएम रित्तै, ग्राहक भौतारिंदै



कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा रहेका अधिकांश बैंकका एटिएमहरुबाट पैंसा ननक्लिएपछि यती बेला यस क्षेत्रका सेवा ग्राहीहरु प्रताडित भएका छन् । आफनो खाता भएको बैंकको एटिएमबाट नगद ननिस्कियपछि अर्को बैंकको एटिएम बुथमा जाँदापनि उस्तै समस्या देखिएपछि ग्राहबर्गमा निराशा छाएको हो ।

चाड्पर्बको समयमा कोहलपुरमा रहेका अधिकांश बैंकहरुका एटीएममा पैसा नहुँदा सेवा ग्राहिले सास्ती ब्यवहोर्नु परेको भने यो नयाँ घटना भने होईन, प्रायः दसैं र तिहारमा पैसा नरहने गरेको भुक्तभोगीहरुको दुःखेसो रहेको छ ।

सोमबार बिहान जरुरी कामले एसआइबी र एनएमबी बैंक पुगेका कोहलपुर १० का ५६ बर्षका रामप्रसाद गौतमले गुनासो सुनाउदै भने बैंकमा पैसा भएकाले सुरक्षाको कारण घरमा नगद राखिएन बैंक आउदा एटीएममा पैसा छैन । दुःखेसो सुनाउदै गौतमले भने भरोसा कतै रहेन, खर्चका लागि बनेका योजना अधुरो रहने भए ।

एटीएममा पैसा किन नभएको होला भनेर नेपाल रास्ट्र बैंक नेपालगञ्जका प्रबक्ता सुमन कुमार नेपाललाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यी दुई बैंक मात्र होइन कोहलपुरका प्राय बैंकका एटीएममा पैसा नहुँदा मानिसहरु भौतारिरहेको पाइएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक २७ गते सोमबार
ताजा समाचार