२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

नेपालीहरुको रोजाई सीमापारी रुपईडिहा बजार



नेपालगञ्ज : बाँकेका अधिकाँश समुदायको रोजाइमा सीमापारि बजारमा किनमेल गर्नेहरुको भिड बढेको पाईन्छ ।

पछिल्लो समय मुस्लिम समुदायको इद नजिकिएसँगै सीमापारि बजारमा देख्न सकिन्छ । बाँकेस्थित नेपालगञ्ज बजारमा खासै चहलपहल छैन ।

सीमापारि रुपईडिहा बजारमा भने किनमेल गर्ने नेपालीको अत्यधिक घुइँचो लाग्ने गरेको छ ।

दशैँ र तिहारजस्तै इदका लागि पनि अधिकांश नेपाली उपभोक्ता सीमापारि गएर किनमेल गरिरहेको पाइएको छ ।

भारत रुपईडिहाका व्यवसायी ओमकार वैश्यले अन्य दिनको तुलनामा अहिले दोब्बरभन्दा बढी बिक्री बढेको जानकारी गराए ।

उनले नेपालगञ्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरीगाउँ र दाङ तथा सुर्खेतबाट खरिदारीका लागि नेपाली आइरहेको जानकारी गराए । नेपालगञ्जका फिरदौसजहाँ खानले नेपालगञ्जभन्दा सामान धेरै सस्तोमा पाइने भएकाले रुपैडिहा आएको बताए ।

प्रकाशित मिति : २०८० वैशाख ३ गते आइतबार
ताजा समाचार