२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

‘महोत्सवमा’ कोहलपुर उद्योग बाणिज्य संघको संलग्नता छैन (विज्ञप्ती र भिडियो सहित )



सदरलाइनडटकम,
कोहलपुर (बाँके)  : बाँकेको कोहलपुरमा बीहिबारदेखि संचालन हुने तयारीमा रहेको तेस्रो प्रदेशिक औद्योगिक लघु, घरेलु, कृषि तथा प्रविधि महोत्सवमा कोहलपुर उद्योग वाणिज्य संघको कुनै संलग्नता नहुने जनाएको छ । महोत्सवको पुर्वसन्ध्यामा वाणिज्य संघले पत्रकार सम्मेलन गरेर यस्तो जनाएको हो ।

संघको कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा कोहलपुरका स्थानीय व्यावसायीको हीतमा नभएको र घरेलुको नम्स भन्दा बहिर ठेक्कामा मेला महोत्सव सञ्लचान गर्न लागिएको भन्दै आफुहरु बिरोधमा उत्रिनु परेको बताईएको छ ।

संघका अध्यक्ष चक्रबहादुर अधिकारीले भने–‘पौष २४ गतेदेखि माघ ५ गतेसम्म संचालन हुन गईरहेको ‘तेस्रो ओद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी ब्यापार एवं पर्यटन महोत्सव(२०७६’ मा संस्थागत रुपमा हाम्रो कुनै संलग्नता छैन ।’
संघका अध्यक्ष अधिकारीले घरेलु महासंघले सिद्धान्त विपरीत ठेक्का प्रणालीमा महोत्सव संचालन गर्न लागेकाले वाणिज्य संघ त्यसको पक्षमा नरहेको बताए । उनले यस्तो परिपाटिको हदैसम्म बिरध हुने चेतावनी समेत दिए ।

कोहलपुरले एउटा महोत्सव मात्र थेग्न सक्ने भएकाले यस वर्ष वाणिज्य संघले महोत्सव नलगाउने निर्णय गरेको अधिकारीले जानकारी दिए । स्थानीय निकायले आफुखुसी महोत्सव संचालनका लागि सबैलाई अनुमती दिदा कोहलपुरका ब्यापारीहरु मर्कामा परेको अधिकारीले दावी गरे ।

संघका बरिष्ठ उपाध्यक्ष नमप्रसाद शर्माले घरेलु उद्योगको उत्थान र विकासको लागि आयोजना गरिएको महोत्सव ठेक्कामा जानु र स्थानीय उद्योगी व्यावसायीलाई मर्कामा पर्नेगरी सञ्चालन गर्न लागिएको कारण बिरोधमा उत्रनु परेको उल्लेख गरे l

वाणिज्य संघका महासचिव तेजप्रसाद अधिकारीले महोत्सवमा सहभागी नहुन सम्पूर्ण ब्यापारी, ब्यवसायीहरुलाई आग्रह गरीएको बताए । उनले वस्तुगत संघसंस्थाले पनि महोत्सवमा सहभागी नहुन ऐक्यवद्धता जनाएको उल्लेख गर्दै सिमित ब्यक्तिको फाईदाका लागि लगाईने महोत्सवले कोहलपुर क्षेत्रको ब्यापार ब्यवसाय धारासायी हुदै गएको दाबी गरे ।

पौष २४ देखि माघ ५ गतेसम्म नेपाल घरेलु महासंघ कोहलपुर समितिले कोहलपुरमा महोत्सव संचालन गर्न लागेको हो । महोत्सवको सम्पूर्ण तयारी सकिएको र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७६ पुस २३ गते बुधबार
ताजा समाचार