ईगाउमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता

२५ चैत्र २०७३, शुक्रबार १८:४२
 

सदरलाइनडटकम  
२५ चैत, नेपालगन्ज :  शहिद सेतु बिकको जन्मस्थल खजुरा गाउपालिका–४ इ गाउमा  शुक्रवारदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । १३ औ शहिद सेतु बिक स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन बाँके क्षेत्र नम्बर ४ का सासद द्लबहादुर सुनारले गरेका हुन ।

सासद सुनारले क्लबका लागि दुइ लाख सहयोग गर्ने समेत बताए । आयोजक न्यु दर्पन युवा समुहका अध्यक्ष दलबहादुर बिसिका अनुसार प्रतियोगितामा १५ क्लबको सहभागिता छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलिले ग्रामिण क्षेत्रमा भएको प्रतियोगिता जिल्लाबासिका लागी गौरब भएको बताए । क्लबका सचिब भोला मल्लका अनुसार प्रतियोगितामा प्रथमले नगद ५० हजार ५ सय र दोस्रो हुनेले २५ हजार २ सय ५० रुपिया पाउनेछन ।


उद्घाटनमा शहिद सेतुका पति शेर बहादुर बिसि, नेपाल क्यान्सर अस्पतालका अध्यक्ष किस्मत कक्षपती, एमाले नेता सतिस निरौला, एकमाया बिक, देबराम बिसि, झक बहादुर पौडेल, नेपाली काङ्ग्रेसका प्रेम बिसि, जिल्ला खेलकुद विकास समितिका सदस्य तिलबिर सुनार लगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जस्तोसुकै जिम्मेवारी बहन गर्न सेना तयार छ : प्रधानसेनापती श्रेत्री

२५ चैत्र २०७३, शुक्रबार १८:४२
सदरलाइनडटकम २५ चैत, नेपालगन्ज : नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्रीले संविधान र सरकारले दिएको जुनसुकै जिम्मेवारी पुरा गर्न नेपाली सेना तयार रहेको जनाएका छन् । नेपाली सेनाले शुक्रबार नेपालगन्जको राँझा व्यारेकमा नेपाली सेना भूतपूर्व मध्यपश्चिमाञ्चल सैनिक सम्मेलनको उदघाटन गर्दै सो कुरा बताएका हुन । प्रधानसेनापती क्षेत्रीले देशको रक्षा र जनहितका […]