‘डक्टरी पेशामा हड्ताल, अनसन बसेर आफ्नो माग पुुरा गराउन खोज्नु बेईज्जती हो’

१२ चैत्र २०७३, शनिबार १९:१०
 

सदरलाइनडटकम 
१२ चैत, काठमाण्डौं : पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले डक्टरी पेशामा हड्ताल , अनसन बसेर आफ्नो माग पुुरा गर्नुु जस्तो बेईज्जती अरु नहुुने बताएका छन् । डक्टरमा राजनीति बढ्यो भन्ने प्रश्नलाई उत्तर दिदै उनले भने ‘डक्टर पनि
आफनो मान्छे र अर्काेको मान्छे भनेर च्याप्ने प्रचलनको म बिरोधी हँुु ।’
यसबारे प्रष्ट पार्दै उनले थपे ‘बिमारी भएपछि के आफ्नो मान्छे फुुपुु, मामा , ससुरा काम लाग्छन ? कोही लाग्दैनन हामी डक्टरकोमै जानुुपर्छ त्यसैले डक्टरलाई आफनो अर्काे भन्ने र हड्ताल अनसन बसेर डक्टरले आफनो माग पुुरा गराउने चलनको म बिरोधी हुँ ।’
डक्टर भीष्म प्रसाईको पुुस्तक आफनै जीवनलाई फर्केर हेर्दा बिमोचन कार्यक्रमको प्रमुख अतिथिको रुपमा आएका ओलीले सो कुरा बताएका हुन । किताबको बारे बताउदै ओलीले भने ‘यो किताब विकासको ईतिहास हो । किताब अनौठो साक्षी हो । ’
कार्यक्रममा ओमानको लागि प्रस्तावित राजदुुत शर्मिला पराजुली ढकाल, डक्टर भोला रिजाल, डक्टर एवम डिन जगदिशचन्द्र अग्रवाल, डक्टर बंशीधर मिश्र लगायतले बोलेको कार्यक्रमको सभापतित्व कुलपति गंगाप्रसाद उप्रेतीले गरेका थिए ।
घोष्ट राईटिंग नेपालले हरेकका जीवन लेखेको लेख्न चाहेको लेखिरहने कार्यक्रममा स्वागत भाषण गर्दै सो संस्थाकी डाईरेक्टर सिर्जना ढकालले बताईन । लेखक प्राध्यापक डक्टर भीष्म प्रसाईले आफुले जीवनमा गरेका गल्ति कमजोरी पनि पुुस्तकमा ल्याएकोले यो पुस्तक आफनो समयको ईतिहास अर्काे समयलाई छाडेको स्पष्ट पारिन । डक्टर भीष्मलाई साथीहरुले नेपालको मेडिकल कलेजका पितामह भन्ने गरेको बताउदै उनले भनिन–‘कलेज बनाउदाका कठिनाई मैले उल्लेख गरेको छुु ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीयतहको निर्वाचनको प्रचारमा होमिन बाँके काँग्रेसद्वारा आग्रह

१२ चैत्र २०७३, शनिबार १९:१०
स्मृती देवकोटा/सदरलाइन    १२ चैत, नेपालगन्ज : स्थानीय तहको निर्वाचनमा महिला सहभागिता सुनिश्चतताको भएकाले चुनावी प्रतिष्पर्धामा होमीन महिला नेतृहरुलाई काँगे्रस अगुवाहरुले आव्हान गरेका छन् । नेपाली काँगे्रस निकट नेपाल महिला संघ बाँकेको शनिबार सम्पन्न जिल्ला भेला तथा छलफलमा बोल्ने अधिकांस काँगे्रस नेताले निर्वाचनको सुनिश्चितासँगै महिलाको सहभागीता र जितको बातावरण बनेकाले निराश नभई […]